३ श्रावण २०८३, आईतवार

 

माओवादी–राप्रपा मूद्दाका पोषक कांग्रेस–एमाले

मुलुक स्थानीय चुनावको संघारमा उभिएको छ । राजनीतिक बजारमा मूद्दाको बिस्कुनमा एकातिर नेकपा माओवादी केन्द्र छ भने अर्कोतिर राप्रपा नेपाल प्लस जनमोर्चा नेपाल छ ।
क्षेत्रीयतावादी चिन्तन र व्यहारका कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानो पार्टी कांग्रेसको साख अझै गिराएका त हुन् तर धुलीसात पार्ने कार्यको सुरुवात भने पदका लागि विचार तथा सिद्धान्त प्रचण्डका पाउमा चढाएर पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले नै गरेका हुन् । त्यहीकारण मुटु निचोर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले जीवनका उतराद्र्धका कांग्रेस छाडे । आज कांग्रेसको अमूर्त मूद्दा बनेको छ, प्रजातन्त्र । उसका कार्यकर्ताको मुखमा यही झुण्डिएको छ । उनीहरु भन्छन्, कांग्रेसको प्रजातन्त्रको मूद्धामा सबै आए । वीपी पुत्र शंशाकले आफ्नो काकाको गल्ती सच्चाउने अवस्थामा आइपुग्दा मुलुकको गति अर्कै हुने निश्चित छ । मूद्दाका हिसाबले आज कांग्रेसभित्र पनि माओवादी र राप्रपा नेपाल दुवै छन् । एकातिर आदिबासी, जनजाति, महिला, अपांग, दलित, पिछडिएकालाई स्थान दिन ऊ बाध्य छ । यो माओवादी केन्द्रको मुद्दा हो किनभने २०४६ देखि ०६२÷६३ सम्म कांग्रेसमा यी कुनैलाई स्थान थिएन । सम्मान थिएन बरु तिरस्कार थियो । जातीय राजनीति भनेर खुखांर विरोध गर्ने कांग्रेस आज त्यही जातीय राजनीति गरिरहेछ नभए उसको भविष्य छैन । हिजोसम्म यी सीमान्तकृतहरु कांग्रेसको केवल भोट ‘ब्याङ्क’का रुपमा उपयोग भएका थिए ।

अर्कोतिर शंशाक खुमबहादुरले हिन्दु राज्यको मूद्दा उठाइरहेका छन् । तर त्यसलाई अटल रुपमा निरन्तर उठाउने काम राप्रपा नेपालले मात्र गरिरहेछ ।
इतिहासमा सधै ढुलमुलेको आक्षेप झेल्दै आएको एमालेसँग पनि आज अमूर्त र खोक्रो राष्ट्रवाद छ । उसको राष्ट्रवाद पनि कांग्रेसको जस्तै अमूर्त नै छ । अरु मूद्दा उससँग छँदै छैनन् । वृद्धभत्ताको ब्याज कहिलेसम्म खाने ? २०४६ देखि ०६२÷६३ सम्म ऊ कांग्रेसको पछिपछि थियो । सीमान्तकृत आदिवासी, जनजाति, महिला, दलित उपेक्षित र तिरस्कृत नै थिए । तिनीहरु कांग्रेसमा जस्तै केवल भोट ‘ब्याङ्क’का रुपमा प्रयोग हुन्थे । अध्यक्ष केपी ओली स्वयं आजका मूद्दाका पक्षधर होइनन् ।

त्यहीकारण कहिले गणतन्त्रको कुरालाई वयलगाडा चढेर अमेरिका पुगिने कुरासँग तुलना गर्दथे भने कहिले संघीयता बाध्यतात्मक परिस्थितिमा स्वीकारेको फुत्काउँछन् । संघीयतासँगै जोडिएको समावेशीले एमालेलाई बाध्यात्मक स्वीकारोक्तिमा पु¥यादियो । बाहुनहरुको पार्टी भनेर खेपेको आक्षेप छँदै थियो पछिल्लो समयमा आएर उसले सीमान्तकृतलाई आरक्षित ग¥यो, जुन माओवादीको मूद्दा हो । राष्ट्रवादको मूद्दामा ऊ निकै मच्चिएको छ तर यही मूद्दामा मधेशीलाई तिरस्कार गरिरहेको छ । उसको राष्ट्रवाद कतिसम्म खोक्रो रहेछ भन्ने कुराको उदाहरण अघिल्लो वर्षको नाकाबन्दीलाई हेरे पुग्छ । विद्युत प्राधिकरणको तस्करी रोकेको भए काठमाडौंका जनता नाकाबन्दीका बेला भोकै मर्नु पर्ने रहेनछ । आम जनताले खाना पकाएर खान पाउने थिए । विद्युतीय गाडी चढ्न पाउने थिए । तर बिजुली चोरहरुलाई उसले रोक्न सकेन । हुँदाहुँदाको स्रोतमाथि भइरहेको बदमासी रोक्न नसकेर बरु उल्टो हावाबाट बिजुली निकाल्ने गफ दिएर राष्ट्रवादी नारा दियो ।

०५२ सालमा सत्ताको स्वाद चाखेदेखि एकादुई वर्ष सत्ता बाहिर बसेको एमालेले एकातिर गणतन्त्र, संघीयता, समावेशी लगायतका मूद्धा स्वीकारेको छ, त्यसकारण उसमा पनि माओवादी हावी छ भने तिनलाई बाध्यता पनि भन्दै छ त्यसकारण त्यहाँ राप्रपा नेपाल पनि छ । मुटुमाथि ढुंगा राखेर हाँस्नुपर्ने बाध्यता उसलाई छ ।
तसर्थ मुलुक एकातिर तेस्रो शक्ति माओवादी केन्द्र र अर्कोतिर चोथौ शक्ति राप्रपा नेपालका मुद्दामा विभाजित छ । माओवादी मूद्दा केन्द्रमा छन् भने राप्रपा नेपालको मूद्दा किनारामा । कांग्रेस र एमाले बीचमा छन् । लडाई आज पनि प्रचण्ड र कमल थापाकै हो । अन्य त साक्षी मात्रै हुन् । अल्पकालीन रुपमा विजयी भएका प्रचण्डले आफूलाई दीर्घकालीन रुपमै विजय गराउँछन् वा गराउँदैनन्, त्यो हर्न आगामी महिनाको चुनावी परीक्षासम्म कुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung