नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले संस्थाप्रति इमान्दारीपूर्वक काम गरे सफलता हासिल गर्न सकिने बताएका छन । बागलुङ उद्योग बाणिज्य संघले शुक्रबार गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले उद्योग र व्यवसायका हरेक क्रियाकलापमा आफु साथमा रहने बताए । त्यस्तै उनले जिल्लामा उद्योग तथा व्यवसायका विषयवस्तुहरु महासंघसम्म पठाउन आग्रह गरेका थिए । उद्योग,व्यापार तथा व्यवसायका क्षेत्रहरुमा धेरै चुनौतीहरु छन । त्यस्को समाधान र लगानी योग्य बातावरण सिर्जना गर्न महासंघमा आफुले नेतृत्व गर्ने बताए । उनले भनेँ ‘म सामान्य परिवारबाट माथि उठेको हुनाले मलाई सर्वसाधारण व्यवसायीका पिर मर्काहरु सवै थाहा छ । देशको आर्थिक समृद्धि,रोजगारीको सिर्जना र लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि हामीले धेरै मेहेनत गर्नुपर्ने बेला आएको छ ।’
त्यस्तै जिल्ला तथा नगर उद्योग बाणिज्य संघका निर्वाचित उपाध्यक्ष प्रमोद श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंघ,सरकार र व्यवसायीहरुसँग मिलेर देशमा आर्थिक परिवर्तनका लागि उद्योग व्यवसाय प्रवद्र्धन गर्ने बताए । त्यस्तै उनले व्यवसायीहरुको हकहितमा काम गर्ने र यो क्षेत्रमा लगानीको अवसर सिर्जनाको लागि सवै व्यवसायीहरु सँग मिलेर काम गर्ने बताए ।
सो अवसरमा धौलागिरी क्षेत्रबाट नेपाल उद्योग बाणिज्य महासंघको ५१ औ साधारणसभा बाट निर्वाचित पदाधिकारी एवं केन्द्रिय सदस्यलाई सम्मान गरिएको थियो । बागलुङ उद्योग बाणिज्य संघ बागलुङले महासंघको साधारणसभाबाट निर्वाचित केन्द्रीय उपाध्यक्षद्धय चन्द्र ढकाल, प्रमोद कुमार श्रेष्ठ र केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ लाई सम्मान तथा बधाई गरिएको हो ।
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठले व्यापार, व्यवसाय, पर्यटन र धार्मिक क्षेत्रको विकासमा सबैले हातेमालो गर्दै जुटनुपर्ने बताए । उहाले उद्योग बाणिज्य सघं सधै व्यवसायीका पक्षमा लाग्ने बताउनुभयो । त्यस्तै सांसद प्रकाश शर्मा पौडेलले धौलागिरी र समग्र देशको आर्थिक विकासमा सरकार लागिरहेको र यसमा सबैको साथ आवश्यक पर्ने बताए ।
त्यसैगरि अर्का सांसद नरबहादुर थापाले देशको समृद्धको लागि व्यवसायीको महत्वपुर्ण भुमिका हुने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुबास कुमार लामिछाने, बागलुङ उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष बसन्त कुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जीवन कुमार बिक, पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष
हरिओम शर्मा लामिछाने ,नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, महिला उद्ममी अध्यक्ष भगवती केसी लगायतले बोलेका थियो । सो अवसरमा बागलुङ नगरपालिकामा सरुवा भई आएका कार्यकारी अधिकृत सुवाशकुमार लामिछानेलाई समेत स्वागत गरिएको थियो ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेललको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













































































































































































































