बागलुङ- नेपाल टेलिकम बागलुङकाे कार्यालय भित्रैकाे भवन निर्माणका लागि काम गर्ने दुर्इजना मजदुरकाे साेमबार विहाना करेन्ट लागेर मृत्यु भएको छ ।
विहान चिया खाएर भवनकाे काम गर्ने भन्दै गएकाे र निर्माणाघिन भवन नजिकैकाे सल्लाकाे रूखमा काैवाकाे गुडलार्इ फाल्न लाग्दा उत्त घटना भएकाे थियाे । मृत्यु हुनेमा बागलुङ जिल्ला साविककाे निसी गाबिसका दुधन घर्ती र बम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
टेलिकमकाे भबन बनाउने क्रममा टेलिकमकाे भबन निर्माण स्थल संगै रहेकाे रूखमा काैवाकाे गुड लाई फलामकाे रडले फाल्ने क्रममा बिधुत हाइटेन्सनमा करेन्ट लागेर मृत्यु भएको स्थानीयबासिले बताए ।













































































































































































































