१९ भाद्र २०८३, शुक्रबार

 

गलकोट नगरपालिका वडा नं ७ मल्ममा नेपाली काग्रेसको चुनावी सभा सम्पन्न

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मुल नाराका साथ नेपाली काग्रेस गलकोट नगरपालिकाको आयोजनामा वडा नं ७ मल्ममा चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली काग्रेस गलकोट नगरपालिकाका चुनाव प्रचार अभियान संयोजक फम बहादुर खत्रीले आसन्न स्थानीय तहको निर्वाचनमा रुख चिन्हमा मतदान गरी नेपाली काग्रेसलाई विजयी गराउन गरेका छन ।

कार्यक्रममा नेपाली काग्रेस वडा नं ९ का सभापति यज्ञ सापकोटा, वडा नं ७ का अध्यक्षका उमेदवार हरिदत्त गौतम, गलकोट नगरपालिकाका उपमेयरका उमेदवार रेणुका काउचा, मेयरका उमेदवार भरत शर्मा गैरे, पूर्व जिल्ला सदस्य मुकुन्द भण्डारी, पूर्व क्षेत्रिय सभापति घनश्याम गौतम, महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसेले चुनावी मन्तव्य राखेका थिए ।

सो अवसरमा सहिद कृष्ण बहादुर थापाको धर्मपत्नी खगीसरा थापालाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वडा नं ७ का सभापति चिरञ्जीवी मरासिनीको अध्यक्षता, उपसंयोजक वसन्त केसीको स्वागत र सदस्य रत्न बहादुर मल्लको सञ्चालनमा सम्पन्न भएको छ ।galkot1

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung