१९ भाद्र २०८३, शुक्रबार

 

को हुन त जैमुनी नगरपालिकाका कान्छा उम्मेदवार

स्थानीय चुनाव नजिकिदै जाँदा बागलुङमा पनि हरेक नगरपालिका गाउँपालिका र वडा वडामा निकै रौनक चुलिएको छ । विभिन्न राजनैतिक दलका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्नका लागि रस्साकस्सी गरिरहेका छन । स्थानीय स्तरको पद कार्यकारी हैसियतले पनि केही महत्वपूर्ण भएकोले यस विषयमा चर्चा चुलिएको छ ।

नयाँ संरचनामा जान लागेकोले मुलुकमा स्थानीय तहको निर्वाचनमा निकै पेचिलो बनेको छ । वडा अध्यक्ष र सदस्यहरुमा पनि धेरैले इच्छा व्यक्त गर्न थालेका छन् । बागलुङमा चुनावी रौनक निकै बढेको छ । बागलुङका ४ नगरपालिका र ६ वटा गाउँपालिकाका वडा वडामा दलहरुले प्रचारप्रसार अभियान तिब्र पारेका छन । जिल्लाको जैमुनि नगरपालिकामा प्रमुख चार पार्टीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजमोको बाहुल्यता रहेको छ । सबै पाटीले आ आफ्नो पक्षमा जनतालाई मतदान गर्नका लागि निकै उत्साह पुर्वक लागेका छन ।
जैमुनि नगरपालिका वडा नं. ४ सर्कुवामा त जिल्लाकै कान्छा उम्मेदवारको रुपमा बिशन शर्माले आफ्नो उम्मेदवार प्रस्तुत गरेका छन । २०४८ साल श्रावण २० गते जन्मेका शर्माले नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन । उनि नेपाली काँग्रेस सर्कुवाका काँग्रेसका पार्टी सचिव हुन । स्कुल जिवनबाट नेपाल विद्यार्थीको राजनितिमा होमिएका विषन नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि र नेविसंघ बागलुङ काठमाडौं सम्पर्क समिती अध्यक्ष समेत हुन । आम जनता माझ प्रभावशाली, बौद्धिक तथा लोकप्रिय युवा मानिन्छन् । उनी बिगत लामो समयदेखि समाज सेवा मा लागेका छन । विद्यार्थी राजनीतिमा सक्रिय शर्मा नै सक्षम भएका र समाज परिवर्तनमा प्रत्यक्ष भूमीका राख्ने युवाहरुले नै समाजको नेतृत्व लिनुपर्छ भन्ने मान्यताका साथ उनको उम्मेदवार रहेको उनका नजिकका साथीहरुले बताउँछन ।

उनलाई आम कार्यकर्ताले पनि निकै जोशिलो युवाको रुपमा लिएका छन । त्यसै गरी जिल्लाको गल्कोट नगरपालिका वडा नं. ३ हटियामा पनि अहिले सम्मकै कान्छो उम्मेदवारको रुपमा आफुलाई लिएका छन विरजंग भण्डारीले एक सवल र सक्षम सफल युवा व्यवसायी भण्डारी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन । भण्डारी साबिक हटिया गाबिसको नेपाली काग्रेसका सभापति हुन । उसो त गलकोटमा रहेका कांग्रेसी नेता कार्यकर्ताले पनि उनलाई खुलेरै समर्थन गरेका छन् । सामाजीक राजनैतिक क्षेत्रमा मात्रै होईन भण्डारी नेपाली कांग्रेसको केन्द्र देखि तल्लो निकायसम्म राम्रो सम्बन्ध बनाएका नेताको रुपमा परिचित हुनुहुन्छ । २०५४ सालबाट काग्रेस भन्ने शब्द राम्रोसँग बुझेका भण्डारी सानै उमेरदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung