८ कार्तिक २०८३, शनिबार

 

मेयरका उम्मेदवार जनक पाैडेल कुडुलेमा

नेकपा एमालेकाे बागलुङ नगरपालिकाका मेयरका उम्मेदवार जनक पाैडेल बागलुङ नगरपालिका वडा नं ४ कुडुलेमा मतदाताहरू लाई मत माग्न व्यस्त छन । कुडुले माविकाे मतदान केन्द्रमा उत्साह जनक रूपमा मतदान भई रहेकाे पाैडेलले बताए। ९१७ जना मतदाता रहेकाे यस मतदान केन्द्रबाट विहान १० बजेसम्म २५१ जनाले मतदान गरि सकेकाे मतदान अधिकृत सरिता शर्माले बताए । यस केन्द्रबाट सबै भन्दा पहिले जेष्ठ नागरिक ६९ वर्षिय तिल कुमारी शर्मा र ८९ वर्षिय झहरि कुमारी थापाले मतदान गरेका छन । वडा नं ४ काे परिवार नियाेजन संघ उपल्लाचाैर भवनकाे मतदान केन्द्रमा विहान ९.३० सम्म १३० जनाले मतदान गरेकाे र यस केन्द्रमा ६२५ जना मतदाता रहेकाे मतदान अधिकृत गाेपाल गिरीले बताए। यस केन्द्रबाट पहिलाे मतदान ८४ वर्षिय बुद्धि राज शर्माले मतदान गरेकाे मतदान अधिकृत गाेपाल गिरीले बताए । ४ नं वडामा १२९७ जना मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung