८ कार्तिक २०८३, शनिबार

 

१ लाख ८ हजार ५ सय ९५ मत खस्याे

स्थानीय तहकाे निर्वाचनमा बागलुङमा १ लाख ८ हजार ५ सय ९५ जना मतदाताले मतदान गरेकाे प्रमुख निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताए । ६९प्रतिशत मतदान भएकाे यस क्षेत्रकाे निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण ढंगले सम्पन्न भएकाे प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए । बागलुङ नगरपालिकाकाे राति १० बजेसम्म सबै मतपेटिका अाई पुग्ने बेल्बासेले  बताए । बागलुङ जिल्लामा १०३  वटा मतदान केन्द्रकाे व्यवस्था थियाे । मतदाताहरू ४, ५ घण्टा हिडेर मतदान गर्न अाएकाे र मतदान उत्साहजनक रूपमा सम्पन्न भएकाे मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताए। यसै गरी काठेखाेला गाउँपालिकामा ७२ प्रतिशत मतदान भएकाे काठेखाेला गाउँपालिकाकाे निर्वाचन अधिकृत धुब्र गिरीले बताए। १२ हजार ७ सय ६० जनाले मतदान गरेकाे यस गाउँपालिकामा ७ हजार ३ सय ७९ महिला मतदाताले र ५ हजार ३ सय ८१ पुरूष मतदाताले मतदान गरेका छन । दुईटा केन्द्रकाे मतपेटिका अाई पुगेकाे र अरू मतपेटिका राति ९ बजेसम्म अाईपुग्ने निर्वाचन अधिकृत गिरीले बताए । ढाेरपाटन नगरपालिकामा ७१.१२ प्रतिशत मतदान भएकाे निर्वाचन अधिकृत केदारनाथ पाैडेलले बताए । वडा नं १,२,३र ४ वडाकाे मतपेटिका अाई पुगेकाे र राति ९ बजेसम्म बाकी वडाकाे मतपेटिका अाउने पाैडेलले बताए । २२हजार मतदाता भएकाे जैमिनी नगरपालिकामा ४ वटा केन्द्रकाे मतपेटिका अाईसकेकाे र ६ वटा मतपेटिका अाउन बाकी रहेकाे निर्वाचन अधिकृत विष्णुप्रसाद सुवेदीले बताए ।
जनप्रेम मा बि मतदान केन्द्र ४३१
प्रजातन्त्र बिकास मा बि मतदान केन्द्र ६५६
अर्गल मा बि मतदान केन्द्र क ६०५ अ
र्गल मा बि मतदान केन्द्र ख ५८९
हरि मा बि मतदान केन्द्र क ५५७
हरि मा बि मतदान केन्द्र ख ५१०
नेपाल मा बि मतदान केन्द्र ७५१
दुर्गा भवानी मा बि मतदान केन्द्र क र ख ११३९
कुल मतदाता ७४७०
खसेको मत ५२२८

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung