३ श्रावण २०८३, आईतवार

 

कुन नैतिकताको कुरा गर्छौ ( कविता )

तिमी कुन नैतिकताको
कुरा गरिरहेका छौ
नैतिकता भनेको
के हो तिमीलाई
थाहा छ
यो कुनै रामनामी हैन
तिमीले गरेको पाप
ढाकछोप गर्ने
अर्काको नैतिकता
माथि प्रश्न चिन्ह
उठाउने तिमी संग
कति नैतिकता बाकी छ
जनताको अगाडि
उभिएर भन्न सक्छौ
त्यो हिम्मत छ तिमी संग
हैन भने आज तिमी
कुन नैतिकताको कुरा
गरिरहेका छौ
सिंगो पार्टी लाई
पालैपालो भागबन्डा
गरि खाने बानी भएका
नैतिक हिन चरित्र हिन
प्रबृत्तिका मान्छे जम्मा
गरेर बडो गुद्दी हाक्न
लाज लाग्दैन
सहिदको रगत
जनताको रगत पसिना
लाई मागिखाने भाडो बनाउने
तिमीहरू लाई अब
म नेता हुँ भन्ने
कुनै नैतिक अधिकार छ‌ैन
आफ्नै नैतिकता नभएकाले
अरू नैतिक हिनहरू लाई
कार्बाही को कुनै अर्थ छैन
हिम्मत छ भने पहिले
आफैले आफुलाई कार्बाही गर
हैन भने यहाँ नौटंकी नगर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung