३ श्रावण २०८३, आईतवार

 

अलिकति हाँसो फुरदा पिर भुल्छ मान्छे(कबिता)

अलिकति हाँसो फुरदा पिर भुल्छ मान्छे
हिड्ने खुट्टा पाए शिर भुल्छ मान्छे

जुन विगतबाट सँघर्ष गरेर निस्कियो
बाटो सजिलो हिड्न पाए भिर भुल्छ मान्छे

भाग्य आज एकैछिन चम्किएको महशुस गर्दा
हिजो खोट लाउने आफ्नै तकदिर भुल्छ मान्छे

ईश्वर प्रती आस्था राखी ढोग्दै हिड्थे कुनैबेला
बिडम्बना आज त्यही मन्दिर भुल्छ मान्छे

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung