३ श्रावण २०८३, आईतवार

 

हरेक रात सपनिमा आफैं मरेको देख्छु ,,रमेश लामिछानेका कविताहरु

न विफल बन्यो, न त सफल बनेको छ
न त कुनै कोणबाट,असल बनेको छ
खोज्दै जाँदा एउटा यस्तो,परिभाषा पाएँ,
जिन्दगी यो आँफैमा,पागल बनेको छ ।।।
हरेक रात सपनिमा आफैं मरेको देख्छु
आफ्नै शरीर चितामाथी लम्पसार परेको देख्छु
उसको छाया जस्तो लाग्ने मानव आकृति
आगो लिएर आफ्नै लाशतिर सरेको देख्छु ।
मेरो यो मुटुमा छुरा चलाएर गई ऊ
मेरो यो दिल छियाछाया गराएर गई ऊ
सँगै मर्छु सँगै ज्युछु भन्थी सँगै वस्छु,
अहिले आएर ज्युनु न मर्नु वनाएर गई ऊ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung