८ कार्तिक २०८३, शनिबार

 

प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ -पूर्वअर्थमन्त्री डा. महत

- ‘स्थानीय तहको संख्या थप्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ’

काठमाडाै – सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ सरकार भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने स्पष्ट पारेका छन् । यद्धपी उनले संविधानले पूर्ण बजेट ल्याउनबाट भने बञ्चित नगरेको बताए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोaजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले निर्वाचन आचारसंहिताका कारण पनि बजेट कामचलाउमात्रै ल्याउनुपर्ने बताएका हुन् । उनले भने,‘निर्वाचन आचारसंहिताका कारण पनि नीति तथा कार्यक्रम बाँधिएको छ, अहिले भएका कार्यक्रमहरुलाई निरन्तरता दिने हो, भएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नेतिर जोड दिनुपर्छ ।’
नेता महतले उनले अप्ठ्याराहरुलाई सुधार गर्ने र विगतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई निरन्तरता दिनेगरि काम चलाउ बजेट ल्याउनुपर्ने बताए । महतले अर्को सरकार बनेपछि आवश्कत्ता अनुसार पूरक बजेट ल्याउन सक्ने समेत जनाए ।
पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले यो पटकको बजेटमा भुकम्पपछिको पूर्नःनिर्माणमा भने विशेष ध्यान दिनुपर्ने बताए । उनले भने,‘पूर्ननिर्माणको काम ढिला भयो, सरकारले पूर्ननिर्माण प्राधिकरणलाई हस्तक्षेप भयो, सरकारले अब प्राधिकरणको हात खुकुलो पारिदिनुपर्छ।’
नेता महतले सरकारले ल्याउने काम चलाउ बजेटमा नयाँ कर लगाउन नसक्ने समेत स्पष्ट पारे ।
त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग भएको भद्र सहमति अनुसार आज र भोलिमै राजिनामा दिने समेत विश्वास दिलाए । महतले भने,‘उहाँले राजिनामा दिनुहुन्छ, हुन त चैत्र मसान्तभित्रै राजिनामा दिने कुरा थियो, तर पहिलो चरणको निर्वाचन बैशाख ३१ गते भएकोले बैशाख मसान्तभित्रै राजिनामा दिने कुरा थियो, अहिले ४ गते दिने भनियो, फेरि ८ गते भनिएको थियो, तर अहिले किन ढिला भैरहेको छ, मैल बुझेको छैन ?’
फरक प्रसंगमा महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस हारेको भनेर गलत प्रचार गरिएको समेत दाबी गरे । उनले भने,‘कांग्रेस हारेको होईन, निर्वाचन परिणाम चाहीँ हामीले अपेक्षा गरे अनुसार आएन्, संसदको हैसियत भन्दा यो स्थानीय तहको निर्वाचनमा हाम्रो हैसियत केही राम्रो हुने हामीले आंकलन गरेका थियौं, तर त्यो पूरा भएन।’ यद्धपी उनले पहिलो चरणको निर्वाचनमा केही छिटपुट घट्नाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरे।
नेता महतले कांग्रेसले सोचे अनुसार स्थानीय तहको निर्वाचनमा परिणाम ल्याउन नसक्नुमा केही गम्भिर भूलहरु भएको समेत टिप्पणी गरे । उनका अनुसार निर्वाचनमा सोचेअनुसार सिट जित्न नसक्नुमा राजदुत नियुक्तीमा विवाद, नेपाल प्रहरीको आईजीपी नियुक्तीमा पनि विवाद, सर्वोच्च अदालतमा विवाद र चितवन कांग्रेसको उम्मेद्धवारी फिर्ता लिनु लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung