७ जेष्ठ २०८१, सोमबार

 

कविडाडा साहित्य सम्मानबाट पाँच साहित्यकार सम्मानित र पुरस्कृत

कविडाडा साहित्य समाज चितवनले अाफ्नाे १५ अाै वार्षिक उत्सवकाे उपलक्ष्यमा पाँच जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गरेकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति कवि डा.विष्णु विभु धिमिरेले देव – खिना स्मृति सम्मानबाट साहित्यकार हरिहर खनाललाई र साहित्यकारहरू मिनराज बसन्त, प्रभाकर पण्डित ,सुमन घिमिरे र वालकृष्ण थपलियालाई कविडाडा साहित्य सम्मान – २०७३ ले पुरस्कृत गरिएकाे थियाे  । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति कवि डा. विष्णु विभु घिमिरे, साहित्यकारहरू रामलाल जाेशी, हरिहर खनाल , प्रभाकर पण्डित ,सुमन घिमिरे,वालकृष्ण थपलिया लगाएतका वक्ताहरूले बाेलेका थिए  । कविडाडा साहित्य समाज चितवनका अध्यक्ष एलवी क्षेत्रीकाे अध्यक्षता, महासचिव सुरेन्द्र अस्तफलले वार्षिक प्रतिवेदन र पुरस्कृत साहित्यकारहरूकाे परिचय र सचिव गणेश रमणकाे संचालनमा सम्पन्न भएकाे थियाे  ।

उक्त कार्यक्रममा पुस्तकालय सहितकाे अावासिय अध्ययन , अनुसन्धान र लेखन भवनकाे समेत उद्घाटन भएकाे साहित्यकार मीनराज बसन्तले बताए  ।

प्रतिक्रिया दिनुहोस्