३ श्रावण २०८३, आईतवार

 

जिज्ञासुद्धारा लिखित बिकल्प छैन कसैको गजल–मुक्तक संग्रहको बिमोचन

बागलुङको ताराखोला गाउपालिका ३ हिलका स्रष्टा सविता खत्री जिज्ञासुद्धारा लिखित बिकल्प छैन कसैको गजल–मुक्तक संग्रहको बिमोचन गरिएको छ ।

गजल–मुक्तक संग्रहको गल्कोट सुचना तथा संचार सहकारी संस्थाका सचिव तथा गल्कोट साहित्य मंचका अध्यक्ष बिरबहादुर चोखालले बिमोचन गर्नु भएको थियो । संग्रहको बिमोचन गर्दै चोखालले खत्रीद्धारा प्रकाशित गजल–मुक्तक संग्रहले धौलागिरिको साहित्य बिकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । स्रष्टा खत्रीले सानैदेखिको साहित्य लेखनलाई पुस्तक मार्फत बाहिर ल्याउने प्रयास गरेको बताउनुभयो । उहाँले बिकल्प छैन कसैको गजल–मुक्तक संग्रहमा १७ वटा गजल र १ सय ६८ वटा मुक्तक समावेस गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रेस सेन्टर गल्कोटका अध्यक्ष थम्मन थापा, ताराखोलाका सचिव शान्त खत्री, स्रष्टा सरु अनमिका, गोरखसागर खत्री लगाएतले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम गुराँश राष्ट्रिय बिविध पत्रिकाका संयोजक हरि चालिसेको अध्यक्षता, स्रष्टा किरण देवकोटाको स्वागत र सुन्तली कुवँरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung