छोडि जाने निष्ठुरिको
बिलौना खै के सुन्नु र
फर्कि आउने कहिले कहिले
फुलमाला के उन्नु र?
कल्पनामा संगै हुन्थें,
संगै हुन्थें सपनिमा
आँखा सुके बाटो हेर्दा,
अझै दिन के गन्नु र?
बात लाउछन् साथीसंगि,
बिग्रिई भन्छन् गाउँघरमा
मनको पिर मनलाई थाहा छ,
दुनियाँलाई के भन्नु र?
बगाइ लगोस हिलो मैलो
उडाइ लगोस दुःख पिडा
खोलि दिन्छु मनको बाँध
अझै पनि के थुन्नु र?
छोडि जाने निष्ठुरिको
बिलौना खै के सुन्नु र
फर्कि आउने कहिले कहिले
फुलमाला के उन्नु र?













































































































































































































