२ जेष्ठ २०८२, शुक्रबार

 

बाग्लुङको पैयुथन्थापमा नि:शुल्क स्वास्थ शिबिर सुरु

बाग्लुङको जैमिनी नगरपालिका ९ पैयुथन्थापमा स्त्रीरोग सम्बन्धि बृहत निशुल्क स्वास्थ शिबिर सुरु भएको छ ।

शिबिरको उद्घाटन गर्दै जमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले स्वास्थ क्षेत्रको सुदृढीकरणको लागि आफू निरन्तर लागिरहने बताउनु भयो । उहाँले आफू निर्वाचित भएपछि पहिलो कार्यक्रममा आएको भन्दै सम्पुर्ण मतदातालाई धन्यवाद दिनुभयो । प्रमुख पौडेलले आगामी ५ बर्षमा जैमिनी नगरपालिलाई नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । हामी समृद्ध जैमिनी बनाउछौ उहाँले भन्नुभयो हरेक बर्ग र सम्प्रदायलाई आत्मानिर्भर बनाउने छौ । एन आर एन हङकङ र पैयुन्थन्थाप स्वास्थ चौकीको आयोजना जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङको समन्वयमा संचालित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका वरिष्ठ जनस्वास्थ्य प्रमुख दिपक प्रसाद सुवेदी, एन आर एन हङकङका अध्यक्ष ललित आङ्बुङ लिम्बु, धौलागिरी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिस्ठ उपरीक्षक बिक्रम गुरुङ , नेबिसघका सहमहामन्त्री हरिहर शर्मा, जैमिनी ९ का वार्ड अध्यक्ष भगिन्द्र कुमार थापा, राजनैतिक दलको तर्फबाट गिरिप्रसाद शर्मा, बुद्धिजीवीको तर्फबाट बुद्धबल थापा लगायतले बोल्नु भएको थियो । शिबिरमा आजै १ सय ५० भन्दा बढी बिरामीले सेवा लिएका थिए । विशेष गरि महिलाहरुमा पाठेघरमा धेरै समस्या देखिएको उपचारमा सग्लग्न चिकित्सकले बताएका छन । शिविरमा धौलागिरी अञ्चल अस्पताल डाक्टर करुणा ब्रजाचाय, कुश्मिशेरा प्राथमिक केन्द्र्का डाक्टर अजुन शर्मा जिल्ला जनस्वास्थ्य कार्यलयका पब्लिक हेल्थ नर्स हरिकाशी पालिखे, अञ्चल अस्पतालका नर्सिङ अधिकृत देवि भट्टराई, अनमी मिना शर्मा ल्याब असिस्टेन्ट अम्बिका बस्नेत, लगायतको स्वास्थकर्मीहरु उपचारमा सङ्लग्न छन ।

पैयुन्थन्थाप चौकी ब्यबस्थापन समितिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षता,स्वास्थ चौकिका सिअहेब कुस्मिराज सुबेदिको स्वागत र एन आर एन हङकङका महिला समायोजक टीका रानाको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung