३० बैशाख २०८२, मंगलवार

 

जनतालाई परिवर्तनकाे अनुभुति गराउनु पर्छ:गणतन्त्र दिवस

नौ बर्ष अघि संविधानसभाबाट घोषणा गरिएको संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसके कागजी घोषणाले मात्र जनताले परिवर्तनको अनुभूती गर्न नसक्ने गणतन्त्र दिवसमा बताइएको छ ।
गणतन्त्र दिवस  आयोजक समितिले सोमबार गरेको कार्यक्रममा उच्च अदालत बागलुङ ईजलासका मुख्य न्यायाधिश रत्नबहादुर बागचनले कागतमा भएको गणतन्त्रलाई संस्कारमा परिवर्तन गर्दै व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो । उहाले रगतमा गणतन्त्र भएपनि देशको विकास, अग्रगामी काम गर्न नसके गणतन्त्र विरुद्ध जनमत आउन सक्ने उनको चिन्ता थियो । साथै उहाले शहिदको सच्चा श्रद्धाञ्जलीका लागि पनि जनताको चाहना अनुसारको काम गरेर देखाउनुपर्ने आवस्यकता भएको बताउनुभयो । कार्यक्रमका सहभागिले लिखित रुपमा गणतन्त्र आएको ९ बर्ष पुगेपनि व्यवहारिक रुपमा अझै गणतन्त्रको अनुभूति दिन नसकिएको गुनासो पनि गरेका थिए । स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता, नासु ससबहादुर पुनको संचालन र सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल, कांग्रेस सचिव नवराज पौडेल, एमाओवादीकी चिनिमाया काला, अन्तरपार्टी महिला संजालकी अध्यक्ष भविकला रोका, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, गैसस महासंघका सचिव मणीभद्र शर्मा, खेलकुँद विकास समितिका अध्यक्ष धनबहादुर परियार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा गणतन्त्र दिवशकै अवसरमा आईतवार आयोजित ‘गणतन्त्र संस्थागतमा विद्यार्थीको भूमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिताका बिजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र पनि वितरण गरिएको थियो । १५ विद्यालयका २४ विद्यार्थीले  भाग लिएको प्रतियोगितामा अमर मावि विहुँका चन्द्रा कंडेल प्रथम, धौलागिरी विरेन्द्र माविकका अरुण सापकोटा द्वितिय, अमर माविकै पूर्णेश्वर कंडेल तितृय र अमृत आदर्श माविका सदिक्षा पन्त सान्त्वना हुनुभएको थियो । त्यस अघि आयोजित नगर सरसफाई अभियानमा प्रजिअ सहित सबै सरकारी कर्मचारी, नगर प्रमुख, वडा अध्यक्षहरु, सामाजिक अगुवा, पत्रकार समेत सहभागि थिए । गणतन्त्र दिवसलाई तिनदिने कार्यक्रम सहित मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त अवसरमा कास्कीका स्वास्थ्यकर्मी सन्तोष पौडेलले राष्ट्रिय झण्डा अभियान कार्यक्रम संचालन गर्नुभएको थियो । उहाले झण्डाको गौरव र म¥र्यादा राखौं भन्दै झण्डा र व्याच कार्यक्रमका सहभागिलाई वितरण पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung