२९ बैशाख २०८२, सोमबार

 

कवि सुरेशकाे एकल कविता वाचन हुने

छन्द कबितालाई प्रबर्धन  गर्ने उदेश्यले बागलुङ सदरमुकाममा सुरेश सत्यालको एकल छन्द कबिता बाचन हुने भएको छ ।

म्याग्दी साहित्य संचारको आयोजनमा तनहुँका साहित्यकार सत्याललाई बागलुङमा ल्याएर साहित्यमा जागरण ल्याउने उदेश्यले आयोजना गरिएको बागलुङमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । जेठ १९ गते शुक्रबार कबिता कन्सर्टमा ५० रूपैयाँ को टिकट किनेर मात्र कबिता सुन्ने ब्यबस्था मिलाएकोे म्याग्दी साहित्य संचारका अध्यक्ष घायल श्रीले बताउनुभयो । बागलुङ सदरमुकाममा कबिता कन्सर्ट गरी यसबाट उठेको रकम बाट बागलुङको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले साहित्य लाई बिकास गर्न सबैको सहयोग र समर्थन जरुरी रहेको साहित्यमा छन्दकबिताको आफ्नो महत्त्व रहेको धारणा राखनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता म्याग्दी साहित्य संचारका अध्यक्ष घायलश्री स्वागत उपाध्यक्ष सन्दिप खत्री संचालन एसपि बिर्सजनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung