२ जेष्ठ २०८१, बुधबार

 

साेसल मिडिया टीभी बन्ने हाेडबाजीमा

 साेसल मिडियाले प्रत्यक्ष भिडियाेकाे सुविधा दिन थालेपछि यसलाई टीभी बन्ने हाेडबाजीकाे रूपमा लिन थालेकाे छ । फेसबुक , युट्युब र ट्वीटरले पछिल्लो समय सार्वजनिक गरेकाे याेजना अनुसार साेसल मिडियामा भिडियो कन्टेट भन्दा टीभीले प्रसारण गरे जस्तै शृंखलामा अाधारित कार्यक्रमहरू प्रसारण गर्न चाहन्छन  ।

ट्वीटरले २४ सै घण्टा टेलिभिजन जस्तै प्रसारण गर्ने याेजना बनाई रहदा अझ अगाडि बढेर युट्युबले प्रयाेगकर्ताले एकभन्दा धेरै डिभाइसमा टीभी शाे हेर्न मिल्ने सुविधा राखेर याे याेजनालाई अमेरिकाकाे विभिन्न सहरहरूमा प्रयाेग गर्ने तयारी गरिरहेकाे छ । ट्विटरका सीअाेअाे एन्टानी नाेटाेले भनेका छन यसलाई ट्वीटर टीभी भन्नुहाेस वा नेटवर्क , हामी याे याेजना कार्यान्वयनमा जादैछाै । याे सुविधा एप र डेस्कटप दुवै भर्सनमा उपलब्ध हुनेछ । केही समय अधि ट्वीटरले अमेरिकी खेलकुद लाइभ स्टिमिङकाे सफल परीक्षण गरिसकेकाे छ । टीभीकाे विकल्प बन्ने कल्पनाका साथ फेसबुकले टेलिभिजनमा प्रसारण हुने शंृखलाहरू जस्तै कार्यक्रमहरू उत्पादन गरिरहेकाे छ । फेसबुककाे यस कदमले अन्य साेसल मिडियाहरूलाई चुनाैती थपिएकाे छ । यसअघि फेसबुकले टेलिभिजनका कार्यक्रमहरू प्रसारण गर्ने याेजनका साथ टेलिभिजन कम्पनीहरूसंग गरेकाे छलफल असफल भएपछि अाफैले कार्यक्रम उत्पादन गर्न लागेकाे हाे । फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुक पेजलाई नै भिडियो सामग्रीका लागि उपयुक्त स्थान बनाउन र फेसबुकलाई टीभीकाे विकल्प बनाउने अाफ्नाे उदेश्य रहेकाे सार्वजनिक घाेषणा गरिसकेका छन । गत डिसेम्बरमा सार्वजनिक भएकाे तथ्यांक अनुसार फेसबुकमा दैनिक एक अर्ब घण्टा बराबरकाे भिडियो हेरिन्छ !यसै बीच युट्युबले दुई दर्जन अमेरिकी च्यानलका कार्यक्रमहरू प्रसारण गर्ने याेजनाका साथ अगाडि बढेकाे छ । युट्युबले प्रयाेगकर्तासंग मासिक ३५ डलर शुल्क उठाउने लक्ष्य राखेकाे छ । ३५ डलरमना अाधा दर्जन डिभाइसमा लाइभ र रेकर्ड गरिएका कार्यक्रमहरू हेर्न मिल्नेछ जुन सुविधा यसै वर्ष कार्यान्वयनमा अाउने युट्युबले जनाएकाे छ । यसका साथै युट्युब अाफैले उत्पादन गरेका सामाग्री नि: शुल्क हेर्न सकिनेछ ।

दुई जना कमेडियन स्टारसंग सम्झाताै समेत गरिसकेकाे युट्युबले भिडियाेमा विज्ञापन पनि राख्ने याेजना भएकाेले धेरै प्रयाेगकर्ता भएमा ठूला विज्ञापनदाताहरूलाई यसले अाकर्षित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्