बागलुङमा जनचेतना मुलक कार्यक्रम गरि बुधबार बिश्व धुम्रपान रहित दिवस मनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा पत्रकार अन्तरक्रिया कार्यक्रम सहित दिवस मनाइएको छ । विश्वमा सुर्तीजन्य पदार्थबाटै वर्षेनि ७० लाख मानिसको मृत्यु भए पनि त्यसको नियन्त्रणतर्फ ध्यान जान नसकेको सरोकारवालाले बताएका छन ।
सुर्तीजन्य पदार्थसम्बन्धी ऐनहरू प्रभावकारी रहेको भएपनि कार्यान्वयन पक्ष कमजोर रहेको सहभागीको भनाइ छ । सुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हुँदा हुँदै पनि मानिसले सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले वार्षिक ७० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ । नेपालमा पनि सूर्तीजन्य पदार्थको कारणबाट वार्षिक २२ हजार मानिस मर्ने आकलन छ । नेपालमा नसर्ने रोगको तथ्याङ्क ४२ प्रतिशत हुँदा धूमपानबाटै वर्षेनि १५ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले २२ हजार नेपालीको मृत्यु हुने गरेको छ ।
सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदयरोगलगायतको समस्या निम्तिनसक्नुका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना पुयाउन सबै लाग्नुपर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताउनुभयो ।सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई नेपालीको मृत्यु हुने गरेको उहाले बताउनुभयो । विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेको सङ्ख्या एक अर्ब ३० करोडभन्दा बढी भएको अनुमान छ । सूर्तीजन्य पदार्थको कारणले नसर्ने रोग बढाइरहेको बताउनुभयो । उहाँले धूमपानविरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने भन्दै कहिलेकाहीँ चुरोट सेवन गर्ने मानिसलाई पनि हृदयघातको समस्या हुने जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ । यसमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ । नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सुर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ । कार्यक्रममा कर कार्यालयका प्रमुख सुर्यप्रसाद चापार्गा ,नेपाल पत्रकार महासघंका सचिव राम थापा लगाएले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चुडामणी कडेललको सहजिकरण र तथ्याङक साहयक घनश्याम शर्माको संचालमा कार्यक्रम सम्पन्न भएको थियो
स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा एक तिहाइ जनसंख्याकाे सूतीजन्य पदार्थ सेवनकै कारण मृत्यु हुन्छ । नेपालमा जनसंख्याकाे १८.५ प्रतिशत जनसंख्याले धूमपान तथा सुर्ती सेवन गर्ने गरेकाे स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक भीम अार्चायले बताए ।













































































































































































































