राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनको सम्मान तथा राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ कार्यक्रम गरिने आयोजकले जनाएको छ । जापानमा महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोगार्थ तथा समाजसेवी महाबिर पुनलाइ सम्मानार्थ ३ दिने सांगीतिक कार्यक्रम हुने भएको छ ।
जापानको प्रमुख ३ शहरमा हुने कार्यक्रमको आयोजना राष्ट्रिय आविष्कार सहयोग समिति जापान छ । अमेरिकामा अध्ययन समाप्त भएसंगै नेपाल फर्किएर निरन्तर बिकट ग्रामिण भेगलाई क्षेत्रबनाएर प्रविधिको क्षेत्रमा बिभिन्न काम गर्दै आएका एक उदाहरणीय व्यक्तित्व महाबिर पुन अहिले सिंगो नेपालले नै गर्ब गर्ने “राष्ट्रिय आविष्कार केन्द्र” को स्थापना नेपालमा आबस्यक छ र त्यसको स्थापना भनेको देश बिकाशको एक चरण हो । कुनै पनि देश सफल हुनमा प्रबिधिको बिकाश हुनु आबस्यक छ यसको आबस्यकता पूर्ति गर्न नै राष्ट्रिय आविस्कार केन्द्र नेपालमा आबस्यक छ भनेर राष्ट्रिय आविष्कार केन्द्र को गठन गरेर नेतृत्व गरि रहनु भएको छ । अत्यन्त महत्वाकांसी योजनाका साथ स्थापित राष्ट्रिय आविष्कार केन्द्र सानो बजेटले सम्भब हुदैन, अहिले देश विदेश बाट सानो ठुलो सहयोग आइ रहेको छ, सहयोग अभियान स्वरुप बिभिन्न कार्यक्रमहरु आयोजनाभै रहेका छन् भने सरकारले ठोस रुपमा यसलाई ठुलो आर्थिक भार खप्ने किसिमको सहयोग भएको छैन ।
पछिल्लो समय आर्थिक संकलन गर्ने कार्य तिब्र भएको त छ नै तर आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले आफुले आज सम्म पाएका मेडल बेच्ने घोषणा गरे संगै एकाएक सबैलाइ ध्यान तानेको छ । यस्तो उदेश्यका साथ स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाइ जसरि पनि पूर्ण दिनु पर्छ भनेर बिभिन्न देश विदेश बाट सहयोग का हातहरु बढ्दै छन् । यसैको निरन्तरता र त्यहि आविष्कारकेन्द्रलाइ सहयोग गर्ने हेतुले जापानबाट पनि राष्ट्रिय अनुसन्धानकेन्द्र सहयोग समिति गठन गरि यसको प्रक्रिया अगाडी बढाएको आयोजक समितिका एक सदस्यले बताए ।
नेपालबाट ख्याती प्राप्त कलाकार संगै महाबिर पुन पनि जापान आउने कार्यक्रम तय भएको बताईएको छ । जुलाई महिनाको पहिलो हप्ता हुने कार्यक्रम ओसाका नागोया र टोकियो गरि ३ स्थानमा हुने बताईएको छ ।













































































































































































































