७ जेष्ठ २०८१, सोमबार

 

देविस्थान माविमा १ करोडको कोष बन्दै, घोषणामै १७ लाख जुट्यो, कार्यक्रममा दुईजना प्रमुख अतिथी (फोटो फिचर)

देबिस्थान माध्यमिक बिद्यालय निसिखोला गाँउपालीका–१ को ५८ औँ बार्षिकोत्सवमा एक करोड स्थायी कोष स्थापना गर्ने महत्वकांक्षि योजना घोषणा गरिएको छ ।
दुईजनालाई प्रमुख अतिथि बनाएर बिहिबार गरिएको कार्यक्रममा विद्यालयलाई नमुना बनाउन भन्दै कोष स्थापनाको घोषणा गरिएको हो । बार्षिकोत्सव कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल र सक्रिय शिक्षासेवी तथा समाजसेवि धिरप्रताप सिंह दुवै जनालाई प्रमुखको रुपमा आशनग्रहण गराईएको थियो ।
बिद्यालयको शैक्षिक भौतिक र आर्थिक अवस्थालाई सुधार गर्न विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर मल्लले एक बर्षमा एक करोड संकलन गर्ने उदेश्य सहित कोष निर्माणको अभियान थालीएको बताए ।
बार्षिकोत्सव कार्यक्रममै समाजसेवि हर्कबहादुर गुरुङले १० लाख २५ रुपैया, समाजसेवि खिम बहादुर कार्कीले २ लाख पाँच हजार पाँच सय पाँच, बिधालय ब्यबस्थापन समिती अध्यक्ष ईन्द्र मल्लले दुई लाख १ हजार पाँच, कार्यक्रमका प्रमुख अतिथी समाजसेवि धिरप्रताप सिँहले १ लाख १ हजार १ सय ११, शिक्षक जित बहादुर कुवँरले ५५ हजार, समाजसेवि तुल्सिराम अर्यालले ५० हजार, समाजसेवि गजाधर शर्माले ५० हजार १ सय १ र शिक्षक बल बहादुर मल्लले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
अरु ५० जना बढि दाताहरुले जनहि ५ हजार रुपैयाँ भन्दा धेरै सहयोग गर्ने घोषणा गरेका गरेका थिए । स्थायी कोष घोषणाकै दिन १७ लाख भन्दा धेरै सहयोगको प्रतिबद्धता आएको छ ।
कोषमा आगामी मंसिर १५ सम्म एक करोड जुटाई विद्यालयलाई नमुना बनाउने अभियान थालिने प्रधानाध्यापक किरण पौडेलले बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी धिरप्रताप सिंहले सबैको साथ र मिहिनेतले विदालयलाई नमुना बनाउन सकिने भन्दै त्यसको लागि विद्यालयलाई अभिभाबक र शैक्षिक क्षेत्रका अगुवाको समेत सहयोग चाहिने बताए ।

अर्का प्रमुख अतिथी निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले नमुना विद्यालय अभियानमा निसिखोला गाँउपालीकाको तर्फबाट आवश्यक सहयोग हुने बताए । योजनावद्ध रुपमा अभियान सञ्चालन गर्न भन्दै उनले गाँउपालीकाले समेत शैक्षिक क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याँई नगर्ने बताए ।
चन्दादाता हर्कबहादुर गुरुङले यसअघि पनि विद्यालयलाई नमुना बनाउने सोच रहेकोमा अब सबैले हातेमालो गरेर अघि बढे सम्भब रहेको बताए । कार्यक्रममा अन्य समाजिक व्यक्तित्वले पनि शुभकामना मन्तव्य राखेका थिए ।


प्रअ किरण पौडेलद्धारा आर्थिक बर्ष २०७३/७४ को आर्थिक तथा शैक्षिक गतिबिधि र भावि योजना सहितको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।

पञ्चेबाजा, विद्यार्थीको सांस्कृतिक प्रस्तुती सहित निसिखोला गाँउपालीका अध्यक्ष, उपाध्यक्ष र अन्य जनप्रतिनिधिलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्