३१ बैशाख २०८२, बुधबार

 

महसुस हुने गरि सेवा प्रवाहलाई सुधार्ने प्रजिअ तिवारीको प्रतिबद्धता

बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सेवा प्रवाहलाई नागरिक तहमा महसुस हुने गरि सुधार गर्ने बताएका छन् ।

गृहमन्त्रालयबाट बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई बुधबार जिल्ला प्रशासन कार्यालयमा हाँजिर भएका तिवारीले शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने–‘शान्ति सुव्यवस्था कायम गर्दै सेवा प्रवाहमा नागरिकले अनुभुति गर्ने गरि थप सुधार गर्ने प्रयास मैले गर्नेछु ।’
जिल्लाका सरकारी कार्यालय र स्थानिय तहको सेवा प्रवाहलाई थप सुधार गर्न र सञ्चार क्षेत्रसँग समन्वय गरि आम नागरिकमा सुचनाको अधिकारको पहुँच पु¥याउन कार्यालय प्रमुखलाई बोलाएर निर्देशन दिने उनको भनाई थियो ।

तिवारीले आफु विगतमा पनि पत्रकार र सञ्चारमाध्यमसँग समन्वय गरेर काम गर्ने गरेको स्मरण गर्दै बागलुङमा रहँदा पनि उचित सहकार्य सहित काम गर्ने बताए ।

नयाँ संविधान अनुसार बनेका स्थानिय तहलाई संस्थागत गर्दै सशक्त बनाउनुपर्ने अबश्यकता रहेको प्रजिअ तिवारीले बताए । उनले संबैधानिक व्यवस्था अनुसार संघिय र प्रादेशिक निर्वाचन तत्काल हुने भएकाले निर्वाचन सुरक्षमा समेतको प्रबन्ध गर्नुपर्ने जानकारी दिए ।
जिल्लामा रहेको विकृत, विसंगतिको अन्त्य र सुधारका लागि सरोकारवालासँग समन्वय गरेर काम गर्ने उनको भनाई थियो ।

पक्राउ गरेपछि प्रहरीलाई छलेर भाग्दा मंगलबार राति देखि कालिगण्डकीमा बेपत्ता काठेखोलाका सुनिल पुनको खोजीको कार्य भईरहेको तिवारीले जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरुले बागलुङमा लागु औषध प्रयोगका घटना बढेको, औषधि पसलबाट गैरकानुनी औषिधि विक्रि वितरण हुने गरेको, ट्राफिक व्यवस्थापन अव्यवस्ति बनेको जस्ता विषयमा प्रजिअको ध्यानाकर्षण गराउँदै सुधारमा लाग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung