१९ भाद्र २०८३, शुक्रबार

 

जंगलबाट ल्याएको साग खाँदा पाण्डबखानीमा १ को मृत्यु, ४ जना बिरामी

जंगलबाट टिपेर ल्याएको साग खाँदा बागलुङमा एक जनाको मृत्यु भएको छ भने अरु चार जना विरामी परेका छन् ।

शनिबार बेलुका खानासँगै साग खाएका गलकोट नगरपालिका–१० पाण्डबखानीका  ४० बर्षका दुर्गाबहादुर भनिने जीतबहादुर काउचा मगरको अस्पताल लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो ।

जंगली झार पकएर खाँदा बिरामी परेका ६० बर्षिय जीतबहादुर काउचा

मृतक काउचाको सव पोष्टमार्टमको लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको उनका आफन्त छमबहादुर काउचाले जानकारी दिए । छोराले जंगलबाट ल्याएको स्थानिय रुपमा ‘मात्ने झार’ भनिने विषालु झारलाई साग भनेर खाँदा घटना भएको काउचाको भनाई छ ।
सोहि ठाउँका ६० बर्षिय जितबहादुर काउचा र ४०बर्षिय गंगबहादुर काउचा बिरामी परेपछि अहिले धौलागिरी अञ्चल अस्पतला बागलुङ उपचार भईरहेको छ । उनीहरु दुवैको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अरु दुई जना सामान्य विरामीको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्राथमिक स्वास्थ्यकेन्द्र प्रमुख डाक्टर राजेन्द्र महर्जनले जानकारी दिए ।

साग भनेर बिषालु झार खाएको हुनसक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागरकुमार राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung