सडक निमार्ण थालिएको २२ बर्षपछि बागलुङ कुस्मिशेरा सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । २०५२ सालदेखि निमार्ण थालिएको २२ किलोमिटरको सडक २०७४ सालमा आएर कालोपत्रे गर्न थालिएको हो । बागलुङदेखि कुस्मिशेरा जोडने सडक निमार्णको लागि तत्कालिक समयमा एसियाली विकास बैंक (एडिपी)को ऋण सहयोगमा काम सुरु भएको थियो ।
एडिपिपछि विकेन्द्रीत ग्रामिण पुर्वाधार तथा जिविको पार्जन सुधार परियोजना अन्र्तगत जिल्ला विकास समितिको संयोजनमा निमार्ण थालिएपनि अहिले सडक डिभिजन कार्यालयले काम गर्दै आएको छ । बर्षेनी सडक निर्माण र स्तरउन्नतीको लागि रकम छुटिदै आएपनि लामो समयपछि कालोपत्रे गर्न सुरु गरिएको छ ।
सडक विस्तार सगै“ कालोपत्रे गरेपछि त्यस क्षेत्रका स्थानीय खुशी भएका छन । कालोपत्रेसगै यात्रामा सस्तो र सरल हुने स्थानीय सुमित्रा रिजालले बताईन ।
‘विगतका समयमा सडक निमार्ण एवं स्तरउन्नतीको लागि लाखौ रुपैय“ा खर्च गरिएपनि सडक जिर्ण हुने गरेको थियो ।’ रिजालले भनिन्– ‘अहिले बल्ल कालोपत्रे गर्न थालिएको छ ।’
सडक लामो समय पछि कालोपत्रे गर्न लागेपछि स्थानीयले सहज यात्राको महसुस गर्ने बताए ।
सडक कालोपत्रे भएसगै“ स्थानीय स्तरमा उत्पादन तरकारी, दुध तथा कृषिजन्य बस्तुको बजार व्यवस्थापनका साथै आर्थिक आम्दानीको बाटो खुल्नेछ । पहिलो चरणमा कालिगण्डकी करिडोरस“ग जोडिएको केन्द्रबाट बानपा १३ पैयुँपाटाको पाग्जा सम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको छ ।
सडक निमार्णको लागि गत आर्थिक वर्ष २०७२/०७३ मा सम्झौता गरि आगामी चालु आर्थिक वर्ष ०७३/०७४ को असार मसान्तमा सम्पन्न गर्ने गरि काम थालिएको ठेकेदार डिवि तामाङले बताए ।
अहिलेसम्म ८ सय मिटर निर्माण कार्य सम्पन्न भएको र २ हजार २ सय मिटरको सडक बा“की रहेको उनको भनाई छ । सडक कालोपत्रेको लागि जयवावा गोरख र ओखलढुंगा इन्जिनियर जेभिले जिम्मेवार लिई काम अगाडि बढाएका छन ।
सामान्य स्थानमा साढे ५ मिटर र घुम्टीमा आवश्यक अनुसार बढाएर कालोपत्रे गरिएको बताइएको छ । आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरि ३ करोड ३१ लाख रुपैय“ाको लागतमा सडकको कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय बागलुङका सव–इन्जिनियर चन्द्रकिशोर माझीले बताए ।
सडकमा कालोपत्रे गुणस्तरीय बनाउन कार्यालयका कर्मचारी समेत त्यस क्षेत्रमा खटिदै आएको माझीको भनाई छ । कालोपत्रेको काम तिव्र रुपमा भईरहेको र आगामी दिनमा थप सडकको काम थालिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
















































































































































































