३० बैशाख २०८२, मंगलवार

 

विश्व रक्तदाता दिवसमा कालिका भगवती क्लद्वारा २० युनिट रगत दान

विश्व रक्तदाता दिवसको अवसरमा पारेर बागलुङ नगरपालिकामा रहेको कालिका भगवती युवा क्लवले रक्तदान कार्यक्रम गरेको छ ।

विरामीको उपचारका क्रममा रगत अभाव नहोस भन्ने उदेश्यले पहिलो पटक रक्तदान गरिएको क्लवका सचिव पिंगल भण्डारीले जानकारी दिए ।

‘रगत दान जीवन दान हो’ भन्ने आदर्श वाक्यलाई सार्थकता दिन क्लवका सदस्य र अन्यदाता गरि २० जनाबाट रक्तदान भएको अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

यसरी २० युनिट रगत संकलन भएको छ । रगत नेपाल रेडक्रस सोसायिटी बागलुङ तथा रक्त सञ्चर केन्द्र बागलुङ मार्फत हस्तान्त्रण गरेर आवश्यक पर्ने विरामी सम्म पु¥याईने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung