४ श्रावण २०८३, सोमबार

 

हाम्रा अधिकृत पनि हल्दार जस्ता छन (गजल)

अचेल घरहरू पनि कारागार जस्ता छन
र कविताहरू पनि समाचार जस्ता छन

 

कहाँ सकिएला अब, नजरमा सजाउन
यी फूलहरू पनि त तरवार जस्ता छन

 

आफ्नै प्रगति माथि भरोसा छैन यहाँ
हाम्रा अधिकृत पनि हल्दार जस्ता छन

 

मेरो देश, मात्र एउटा देश हो जहाका
किसानहरू पनि कलाकार जस्ता छन

 

कस्तो बिडम्वना नजिक उभिनु परेको
यी बुढाहरू पनि त कुमार जस्ता छन ।

-राम थापा ‘अविरल’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung