
धौलागिरीमा पहिलो पटक विद्युतिय प्रणालीमार्फत लाईसेन्स वितरण कार्य थालिएको छ । लाईसेन्समा एक रुपता ल्याउन धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालय बागलुङले स्मार्ट लाईसेन्सको प्रक्रिया सुरु गरेको हो ।
नयाँ लाईसेन्स लिने र नविकरण गर्ने सबैको लागि बागलुङमा विद्युतीय प्रणाली मार्फत अगाडि बढाएको छ । लाईसेन्सलाई व्यवस्थित र सुरक्षित बनाउन स्मार्ट कार्डको प्रक्रिया सुरु गरिएको धौलागिरी यातायात कार्यालय बागलुङका प्रमुख राजेन्द्रप्रसाद घिमिरेले बताए । बढी टिकाउ हुने, नक्कली बनाउन नसक्ने र विदेशमा पनि प्रयोग हुने भएपछि स्मार्ट लाईसेन्स वितरण थालिएको उनले बताए ।
उपत्यका पछि दोस्रो चरणमा बागलुङमा यो सेवा संचालनमा ल्याएको छ । स्मार्ट लाईसेन्सको लागि कार्यालयमा नै पुगेर फोटो, हस्ताक्षर र औलाको छाप लगाउनुपर्ने हुन्छ । ‘यहा“बाट कम्प्युटर मार्फत विवरण भरेपछि यातायात व्यवस्था विभागमा प्रिन्ट हुुन्छ’,घिमिरेले भने, ‘काठमाण्डौबाट आउने हुदा सम्बन्धित व्यक्तिलाई प्रदान गर्न केही ढिला हुनेछ ।’ नया“ लाईसेन्सको अवधि १० वर्ष सम्मको हुने छ ।
स्मार्ट लाईसेन्सको लागि कम्प्यूटर माफर्त फाराम भर्ने व्यवस्था मिलाइएको छ । स्वदेश र विदेशमा पनि एउटै लाईसेन्सनले काम गर्ने भएपछि सर्वसाधारण पनि खुसी भएका छन । स्मार्ट लाईसेन्सको कार्यान्यनमा ल्याएपछि च्यातिने र चाँडो थोत्रो हुने समस्याको अन्त्य हुनेमा ठुक्क रहेको पर्वतका स्थानीय भिमप्रसाद शर्माले बताए ।
‘मतदाता परिचय पत्र जसरी फारम भरियो’, शर्माले भने, ‘अब लाईसन्सेन वितरणमा प्रभावकारी होला जस्ता लागेको छ ।’ धौलागिरीका बागलुङ,पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सर्वसाधरणहरुले स्मार्ट लाईसेन्स पाउने भएका छन । पहिलो पटक स्मार्ट लाईसेन्स प्रक्रिया संचालन गर्नको लागि यातायात व्यवस्था विभागका ७ जनाको प्राविधिक सहितको टोली धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङमा आएको छ ।
नेपालमा नै पहिलो पटक बागमती अञ्चलबाट स्मार्ट लाईसेन्स वितरण थालिएपनि अहिले पोखरा र बागलुङमा पनि संचालन गरिएको यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर उपेन्द्र चौधरीले बताए । बागमतीमा एक बर्षको सफल परिक्षणपछि अहिले बागलुङबाट पनि सेवा संचालन थालिएको र आगामी दिनमा देशभर लागु गर्ने काम भईरहेको चौधरीले बताए ।
स्मार्ट लाईसेन्सको सुरक्षा र अवधि लामो समयसम्म हुनुका साथै टिकाउ हुने बताइएको छ । स्मार्ट लाईसेन्स लिन ५ सय रुपैया“ राजश्व तिनुपर्ने हुन्छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्सलाई नयाँ रुप दिन विद्युतीय प्रणाली मार्फत सेवा दिन लागेको हो ।