६ कार्तिक २०८३, बिहीबार

 

एसपी खापुङ भन्छन्, ‘दुव्र्यसन अन्त्य गर्न सबैको सहयोग चाहिन्छ’

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबिर खापुङले लागुपदार्थ दुव्र्यसन हटाउन समाजका सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । धौलागिरि संचार क्लब बागलुङले गरेको नियमित साक्षात्कार कार्यक्रममा उनले खापुङले पछिल्लो समय बागलुङमा लागुपदार्थ प्रयोगकर्ताले नै बिक्री बितरण समेत गर्न थालेको बताए ।

आफ्नै छोराछोरी लागूऔषधको कुलतमा फास्दा समेत अभिभावकले त्यसलाई ढाकछोप गर्ने प्रबृत्तिले समस्या झन जटिल बन्दै गएका उनको धारणा थियो । गाउँ गाउँमा लागू पदार्थ बिरूद्द जनचेतनामूलक कार्यक्रम अभियान कै रूपमा लैजान जरुरी रहेको समेत उनले बताए ।

बागलुङ जिल्लामा पनि घरेलुु लागू पदार्थ चरेस ठुलो मात्रामा बन्ने भएकाले बेलाबेलामा प्रहरीले यसको कारोबार गर्ने लाई पक्राउ गरेर कारवाही चलाउने गरेको उनले बताए ।

पछिल्लो समय पक्राउ परेका लागूऔषध प्रयोग तथा ओसार–पसरकर्ता माथि अनुसन्धात तथा मुद्धा चलाएको उनको भनाई थियो ।
कार्यक्रम धौलागिरि संचार क्लब बागलुङका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता र पत्रकार प्रकाश बरालको सञ्चालनमा भएको थियो ।

धौलागिरि संचार क्लब बागलुङले जिल्लाको समसामयिक बिषयमा केन्द्रीत भएर प्रत्येक साता एक जना सरोकारवाला ब्यक्ति संग साक्षात्कार कार्यक्रम ३० मिनेटको संचालन गर्दै आएको छ । समय लाई ध्यानमा राखी तोकिएकै समयमा कार्यक्रम सुरुवात र समापन गर्ने गरेको संयोजक राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung