५ जेष्ठ २०८१, शनिबार

 

अलजजिरा वन्द गर्ने सर्त अस्वीकार्य : संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघीय मानव अधिकारका उच्च आयुक्त जीद रौद अल हुसेनले कतारको लगानीमा सञ्चालित अलजजिरा टेलिभिजन वन्द गर्नुपर्ने साउदी अरवको सर्त स्वतन्त्र पुर्वक बोल्न पाउने अधिकार विरुद्धको अस्वीकार्य आक्रमण रहेको वताएका छन् ।

साउदी, बहराइन र युएईले कुटनीति सम्बन्धलाई कायम गर्नको लागि कतारले अलजजिरा टेलिभिजनलाई वन्द गर्नुपर्ने प्रमुख सर्त राखेको छ । यमनमा खटाइएको सैन्य शक्ति फिर्ता, आतंककारीलाई आर्थिक सहयोग गरेको भन्दै साउदीले जुन ५ देखि कतारसँगको कुटनैतिक सम्वन्ध विच्छेद गरेको थियो ।

साउदीले कतारमा रहेको टुर्कीको वेसक्याम्प हटाउनुपर्ने, इरानसँगको सम्बन्ध छोड्नुपर्ने सहित १३ वटा माग राखेको छ ।‘युएन उच्च आयुक्त हुसेनले अल जजिरा नेटवार्कलाई वन्द गर्नुपर्ने सर्तवारे उच्च ध्यानकर्षण राखेका छन्’, हुसेनका प्रवक्ता रुर्पेट कोलभिल्लेले सञ्चारमाध्यमलाई भनेका छन्,‘अलजजिराका लाखौ दर्शकहरु छन् ।

कसैलाई अलजजिराको सम्पादकीय नीति मन नपर्न सक्छ । नहेर्न पनि सक्छ । तर, टेलिभिजन वन्द गर्नुपर्ने माग स्वतन्त्र पुर्वक राख्न पाउने विचारमाथि अस्वीकार्य आक्रमण हो ।’

ईकान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्