२० जेष्ठ २०८३, बुधबार

 

बागलुङको रेशमा जीप दुर्घटना, आधा दर्जन यात्रु घाईते

बागलुङको काठेखोला गाउँपालिका–७ रेश जिरेदीमा जीप दुर्घटनामा परेको छ । रेशबाट बागलुङ बजार आउँदै गरेको ध १ ज १८८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिए ।

दुर्घटनामा आधादर्जन यात्रु घाईते भएका छन् । घाईतेहरुलाई उपचारका बागलुङ बजार तर्फ ल्याउँदै गरिएको जानकारी प्राप्त भएको छ ।

साविकको रेश गाविस वडा नम्बर–९ मा दुर्घटना भएको हो । जीप सडकबाट तल खसेको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung