७ कार्तिक २०८३, शुक्रबार

 

अपडेट रेश जीप दुर्घटना, २ को मृत्यु, ८ घाईते (नामावली सहित)

बागलुङमा आज विहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ध १ ज १८८ नम्बरको जीप काठेखोला गाउँपालिका वडा नम्बर–७ रेश जिरेदीमा दुर्घटनामा परेको बागलुङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक अनिल खड्काले जानकारी दिए ।

 

एकै ठाउँका १० जना यात्रु सवार जीप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनामा काठेखोला–७ का ८ बर्षीय वालक दिपक कार्की र सोहि ठाउँका ७० बर्षीय लालबहादुर कार्की को मृत्यु भएको छ ।

वालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पल ल्याईएपछि अस्पतालले मृत घोषित गरेको थियो । घाईते हुने सवै काठेखोला–७ रेशका हुन् ।

दुर्घटनामा जीपका चालक ३० बर्षीय रोशन कार्की सोहि ठाउँका ३५ बर्षीय पार्वती कार्की, २५ बर्षीय सुमन थापा र ३७ बर्षीय प्रेमबहादुर थापा गम्भिर घाईते भएका छन् ।

३५ बर्षीय मुक्तिराम थापा, ७० बर्षीय लालबहादुर कार्की, ४० बषर्की सारदा थापा र १७ बर्षीय मिना कार्की पनि घाईते भएका प्रहरीले जनाएको छ ।

 

घाईतेको अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । दुर्घटनाका घाईतेलाई स्थानीयवासीले उद्धार गरेका थिए ।

दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung