
काठेखोला गाउँपालिका–७ रेश जिरेदीको जीप दुर्घटनाका गम्भीर घाईते ३ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ । विहिबार विहान ध १ ज १८८ नम्बरको जीप सडकबाट २ सय मिटर तल खस्दा ८ बर्षीय बालक दिपक कार्की र ७० बर्षका लालबहादुर कार्कीको मृत्यु भएको थियो ।
दुर्घटनामा घाईते भएका ८ मध्ये ३५ बर्षीय पार्र्बती कार्की, ३७ बर्षका प्रेम थापा र अर्का ३५ बर्षका मुक्तिराम थापालाई थप उपचारको मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।
प्रेम थापाको टाउको, मुक्तिरामको खुट्टा र पार्बतीको कुमको भागमा गम्भीर चोट छ । जीपका चालक ३० बर्षीय रोशन कार्कीको भने धौलागिरी अञ्चल अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
अञ्चल अस्पतालमा उपचार गरिएका मिना कार्की, सुमन थापा, सारदा थापा र टेक बहादुर जिसी घर फर्किएका छन् ।
जीप रोकेर चालक अगाडी रहेको ढुङ्गा हटाउन गएका बेला अचानक गुडेर जीप सडकबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान सुरु भएको बागलुङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकार दिए ।