७ कार्तिक २०८३, शुक्रबार

 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित

संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पारित गरेको छ । डा. भगवान कोइराला नेतृत्वको टोलीले बनाएको मस्यौदा समितिले पारित गरेको हो ।

समितिबाट पारित मस्यौदा संसदको बहुमतले पारित गर्नुपर्ने हुन्छ । चिकित्सा शिक्षालाई व्यवस्थित गर्नुपर्ने मागसहित डा. गोविन्द केसीले उठाएको मागमध्ये यो विधेयक पारित गर्नु पनि हो ।

केसी पक्ष र सरकार पक्षबीच वार्ता हुँदै

अनशनरत केसी पक्ष र सरकारी वार्ता टोलीबीच सिंहदरबारमा वार्ता हुँदै छ । केसी पक्षले कान्तिपुरसँग कुरा गर्दै समितिले पारित गरेको विधेयकमाथि गहिरो छलफल हुने र उक्त विधेयकले समेटेका कुरा अध्ययन गरेपछि डा केसीले आफू अनुसार निर्णय गर्नेछन् । वार्ता टोलीका एक सदस्यले भने, ‘समितिबाट विधेयक पारित हुनु सकारात्मक कुरा हो । तर डा केसीले सुक्ष्म रुपले अध्ययन गरेपछि मात्रै अनशन तोड्ने वा नतोड्ने निर्णय लिनुहुनेछ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung