नेपाल पत्रकार महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको लागि प्रेस सेन्टर नेपाल र नेपाल प्रेस युनियनबीच तालमेल हुने भएको छ ।
आज बिहान दुई संगठनहरुको नेतृत्वबीच भएको बैठकले प्रेस सेन्टरको नेतृत्वमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको हो ।
आगामी भदौ ४ र ५ गते काठमाडौँमा हुने महाधिवेशनमा प्रेस युनियन र प्रेस सेन्टरबीचको साझा उम्मेदवारको रुपमा प्रेस सेन्टरमा तर्फबाट गोविन्द आचार्य अध्यक्षको उम्मेदवार बन्नेछन् । अन्य पदाधिकारी र केन्द्रिय सदस्यहरुको हकमा भने को उम्मेदवार बन्ने हो भन्ने कुराको टुंगो लाग्न बाँकी छ । यद्यपि महासचिवका उम्मेदवार भने प्रेस युनियनलाई दिने दुई संगठनबीच सहमति भएको जनाइएको छ ।
यसैगरी, प्रेस चौतारीबाहेकका अन्य पत्रकार संगठनहरुले पनि प्रेस सेन्टर नेपाल र प्रेस युनियनबीच हुने लागेको यो तालमेललाई सघाउने बुझिएको छ ।
मुल्याङकन अनलाईनबाट



















































































































































































































