
बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिरो जादा ४२ किलोवाटको भिमघाट प्रथम लगु जलबिधुतको पावर हाउस बगाएको छ । बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचौरबाट बगेको पहिरोले भिङखोला थुनिदा पावर हाउस बगाएको प्रत्क्षय दर्शीले बताएका छन ।
आज दिउसो १ बजेको समयमा ठुलाचौर खेतबाट गएको पहिरो खोलामा थुनिदा पावरहाउस सगै खेति योग्य जमिन नष्ट गरेको छ । पावर हाउस बगाए पछि करिब ६ सय घर धुरि अन्धकारमा बस्ने भएका छन भने उद्योग कलकारखाना समते ठप्प भएका छन ।पावर हाउस खोलाले बगाएपछि सबै संरचना नया बनाउन करिब १ करोड लागत लाग्ने बताईएको छ। खोलाले सबै भन्दा महगो बिधुत उत्पादन गर्न टरवाई मिटरबोड लगाएत सबै खोलाले बगाएको बताएको छ। बिधुत निर्माण गर्ने करिब १ बर्ष लाग्ने बताईएको छ यसको बैकल्पिक उपाए खोज्न उपभोक्ताले अपिल गरेका छन ।