७ कार्तिक २०८३, शुक्रबार

 

ढुवानी निरीक्षणमा गृहमन्त्री आफैै विमानस्थल

    साउन ३१, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आज राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमान स्थलमा आफै बिहानदेखि खटेका थिए । रौतहट, पर्सा लगायत विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा राहत सामाग्रीहरुको समानुपातिक वितरण नभएको गुनासो आए पछी, विमानस्थलमा बिहान साढे दस बजेदेखि निरीक्षण कार्यमा लागेका थिए ।
गृहमन्त्री शर्मासँग गृह सचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सह सचिव राम कृष्ण सुबेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सह सचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधी, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधी लगायतको उपस्थिती थियो ।
गृह मन्त्री पश्चिम, मध्य तथा पुर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष भेटेर तथा हवाई स्थलगत अवलोकन गरेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung