२९ बैशाख २०८२, सोमबार

 

थाइल्याण्डमा बसाेबासकाे तयारी गर्दै पूर्व राजा ज्ञानेन्द्र र परिवार

धुलो धुवाँमात्र होइन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको परिवारले बैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोज्ने भएको छ ।

एक महिनाअघि नै त्यता लागेकी हिमानी शाह भदाै २ गते शुक्रबार थाइ एअरको उडानबाट फर्किदै छिन् । यहाँका विभिन्न महत्वपूर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उडने योजना छ ।

थाइल्याण्डमा पूर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ । यही मौकामा दरबार हत्यकाण्डमा परेकी पूर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले बतायो ।

मोटाइसँगैं मधुमेह र रक्तचाप बढेका कारण तत्काल गोली निकाल्न नमिल्ने, तर अझै केही वर्ष गोली भित्रै रहँदा त्यो क्रमश क्यान्सर बनेर शरीर गाल्ने खतरा छ । अहिले तौल त घटेको छ तर मधुमेहको आक्रमणसँगै रक्तचाप स्थिर हुन नसक्दा समस्या आएको निर्मल निवास स्रोतले जनाएको छ ।

त्यस्तै थाइल्याण्ड जानु अघि साउन ४ गते एनजिओप्लास्टी गरेर मुटुमा स्टेन्ट हालेका ज्ञानेन्द्रले मुटुको रक्तनली सूचारु गराउने क्रममा थप उपचार गराएका हुन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा मुटु परीक्षण गरिँदा रक्तनलीमा ८५ देखि ८८ प्रतिशतसम्म अवरोध देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung