७ कार्तिक २०८३, शुक्रबार

 

देवेन्द्र पौडेलसहित १५ जना नयाँ शक्ति नेपालबाट निष्कासित

नयाँ शक्ति पार्टी नेपालले पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनालाई पार्टीबाट निष्कासन गरेको छ। बिहीबार नयाँ शक्तिको कार्यदिशा प्रष्ट नभएको भन्दै अग्रगामीहरुको ध्रुवीकरणका लागि बृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका उनीहरुलाई सबै जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरी उनीहरुले पार्टी नीति र विचार विपरीत कार्य गरेको र पटक पटक सचेत गराउँदा पनि पार्टी विरोधी गतिविधि गरिरहेकाले निष्कासन गरेको जानकारी गराएका छन्।

नयाँ शक्तिले देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जनालाई निष्कासन गरेको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung