८ कार्तिक २०८३, शनिबार

 

पत्रकार महासंघ अध्यक्षमा गोविन्द आचार्य विजयी, पदाधिकारी सवै आचार्य प्यानलकै, प्रदेशतर्फ मिश्रित नतीजा

नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस सेन्टर र प्रेस युनियनसहितको गठबन्धनका उम्मेदवार गोविन्द आचार्य निर्वाचित भएका छन्।

महासंघको २५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सेन्टरका आचार्य पदाधिकारीमा समेत आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारसहित विजयी भएका हुन्।

आचार्यले प्रेस चौतारीका तर्फबाट उम्मेदवार बनेका तीर्थ कोइरालालाई १ सय ५ मतले पराजित गरे। आचार्यले ७३२ मत पाउँदा कोइरालाले ६२७ मत ल्याए। अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाए ।

यस्तै उपाध्यक्षमा खुलातर्फ युनियनका विपुल पोखरेल तथा समावेशीतर्फ युनियनकै दिलिप थापा मगर विजयी भए। महासचिवमा युनियनका रमेश विष्ट र सचिवहरुमा खुलातर्फ युनियनका रामप्रसाद दाहाल, महिलातर्फ सेन्टरकी लक्ष्मी पुन तथा आदिवासी-जनजाति र मधेसीतर्फ सोही प्यानलका उदय जीएम र शीतलप्रसाद महतो विजयी भए।

यस्तै कोषाध्यक्षमा आचार्य प्यानलकै राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी विजयी भए। यसपटक सत्तारुढ दलहरु कांग्रेस निकट युनियन र माओवादी केन्द्र निकट सेन्टरले गठबन्धन बनाएका थिए।

चौतारी भने एमाले निकट संगठन हो। यससँगै चौतारी र सेन्टरको दुई कार्यकाल लामो सहकार्यमा ब्रेक लागेको छ।

यी हुन् प्रदेशबाट निर्वाचित भएकाहरु

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

कुन उम्मेदवारले कति मत पाए ? हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung