३० बैशाख २०८२, मंगलवार

 

प्रदेश ४ बाट केसमा बागलुङका पौडेल २ मतले पछाडी, कुँईकेल र ज्ञावाली चुनिए (पत्रकार अधिवेशन)

प्रदेश नम्बर–४ बाट नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा चुनाब लडेका बागलुङका दिलिप पौडेल २ मतले पराजित भएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङका निर्वामान उपाध्यक्ष पौडेलले ४५ मत ल्याए ।

नविनराज कुँईकेल

प्रदेशबाट प्रेस चौतारीका रामकृष्ण ज्ञावाली(कास्की) र प्रेस सेन्टरका नविनराज कुँईकल(लम्जुङ)ले क्रमश ६३ र ४७ मत ल्याएर विजयी भए ।

२ मतको अन्तर परेका कुँईकेल र पौडेल दुवै प्रेस सेन्टर/युनियन (गोविन्द आचार्य) प्यानलबाट केन्द्रीय सदस्यका लागि चुनाब लडेका थिए ।

ज्ञावाली भने तीर्थ कोईराला प्यानलका हुन् ।

कोईराला प्यानलबाटै प्रदेश केन्द्रीय सदस्यको चुनाब लडेका प्रेस चौतारीका कृष्ण केसी(लम्जुङ) ले पनि ४५ मत प्राप्त गरे ।

रामकृष्ण ज्ञावाली

दुई फरक प्यानलका पौडेल र केसीले बराबर ४५/४५ मत ल्याएका हुन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य निर्वाचित नविराज कुँईकेल लम्जुङ र रामकृष्ण ज्ञावाली कास्की शाखाका निवर्तमान अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung