१ जेष्ठ २०८२, बिहीबार

 

गुरु बलात्कारी ठहरिंदा भारतमा हिंसा

गुरमित राम रहीम सिंहतस्वीर कपीराइटGETTY IMAGES

भारत एकजना चर्चित धर्मगुरुलाई बलात्कारको अभियोगमा दोषी ठहर गरिएपछि फैलिएको हिंसामा कम्तीमा २८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

आफ्ना लाखौं समर्थक रहेको दावी गर्ने ति स्वघोषित धर्मगुरु, गुरमित राम रहीम सिंहलाई झण्डै १५ वर्ष ‌अघि दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।

हरियाणा राज्यको पंचकुला नगरमा अवस्थित उक्त अदालतले उनी विरुद्ध फैसला सुनाएपछि उनका हजारौं समर्थकहरु आक्रोशित बनेका थिए।

तिनीहरुले सवारी साधनहरु, भवनहरु र रेलवे स्टेशनहरुमा आगजनी गरेका छन्। जवाफमा सुरक्षा सैन्यले गोली चलाएका बताइएको छ।

गुरु बलात्कारी ठहर गरिएपछि ‘राम रहीम’का समर्थक आक्रोशित

को हुन् गुरु राम रहीम?

सेना

भारतको हरियाणा र पञ्जाब राज्यका अन्य स्थानमा हिंसा फैलिंदै गर्दा ति धर्मगुरु राम रहीमको गृहनगर सिरसामा सेना परिचालन गरिएको छ।

राजधानी दिल्लीमा पनि आगजनीका घटनाहरु भएका विवरणहरुमा प्राप्त भएको छ।

पंचकुला र पंजाब राज्यको फिरोजपुर, भटिण्डा र मानसामा कर्फ्यु आदेश जारी गरिएको छ।

भारतका राष्ट्रपति रामनाथ कोविंदले हरियाणा फैलिएको हिंसाको निन्दा गरेका छन्।

अपील

ट्वीटरमा सन्देशमा भारतीय राष्ट्रपतिले भनेका छन्, “अदालतको फैसलापछि हिंसा फैलाउनु र सरकारी सम्पत्तिमा क्षति पुर्याउनु निन्दनीय छ। म सबै नागरिकलाई शान्ति कायम राख्‍न अपील गर्दछु।”

गुरु राम रहीम सिंह डेरा सच्चा सौदा नामक एक धार्मिक समूहका प्रमुख हुन्।

उक्त समूहका एकजना प्रवक्ता दिलावर इन्शां ले भने, “हामीहरुमाथि अन्याय भएको छ। हामी अदालतका फैसलाका विरुद्ध पुनरावेदन गर्नेछौं। इतिहासमा गुरुहरुका साथ जे भएको थियो अहिले हामीहरुमाथि पनि त्यही भएको छ।”

पंचकुलास्थित केन्द्रीय जांच व्यूरोको एक विशेष अदालतले गुरमित राम रहीम सिंह विरुद्धको यौन अपराध सम्बन्धि मुद्दामा शुक्रबार फैसला सुनाउंदै उनलाई दोषी ठहर गरेको थियो।

उनलाई सोमबार सजाय सुनाइने बताइएको छ।

साभार: विविसी

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung