गलकोट यातयात प्रालिले ट्याक्सीको भाडादर निर्धारण गरेको छ । समितिमा आवद्ध सम्पुर्ण ट्याक्सीको भाडालाई एकरुपता ल्याउनका लागी भाडादर निर्धारण गरिएको समितिका सचिव गगन कुँवरले जानकारी दिए ।
हटिया देखि डाडाँखेत सम्म ५० रुपैयाँ, नरेठाटी सम्म ५० रुपैयाँ, मौरिया सम्म १ सयरुपैयाँ, ठुम्का सम्म १ सयरुपैयाँ, काफलठुटा सम्म १ सय २५रुपैयाँ, भुङखानीसम्म १ सयरुपैयाँ र झाक्रिस्थान सम्म १ सय ५० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै चौराह सम्म २ सयरुपैयाँ, भ्यु टावर सम्म २ सय ५०रुपैयाँ, रिजालचोक सम्म ३ सयरुपैयाँ र बिहुको मन्दिर सम्म ३ सय ५०रुपैयाँ कायम गरिएको छ ।
हटिया देखि आगाखेत सम्म ५० रुपैयाँ, बास्खोला सम्म ५०, गल्याङ सम्म ७५, रिश्मी सम्म १ सय, काडेबास सम्म १ सय २५, मनेवा सम्म २ सय, खर्वाङ सम्म ३ सय र टक्सार सम्म ३ सय ५० रुपैयाँ भाडा तोकिएको छ ।
हटिया देखि तोरिखोला सम्म १ सय २५रुपैयाँ, बयलि सम्म १ सय ५०, चमुवा सम्म १ सय ५०, खरुवा सम्म १ सय ५०, चिनामालि १ सय २५, हटिया देखि हरिचौर सम्म २ सय, हटिया देखि बागलुङ ६ सय, हटिया देखि पोखरा सम्म रिर्जभ ६ हजार र हटिया देखि काठमाण्डौ सम्म १२ हजार रकम निर्धारण गरेको छ ।
समितिले भाडा निर्धारण गरेपछि ट्याक्सी चालकहरुले मनपरि भाडा लिने प्रबृति हट्ने गलकोट यातयात प्रालिले जनाएको छ । ‘हामीले यात्रुहरुलाई कहाँबाट कहाँसम्मको भाडादर कति छ भनेर स्पष्ट बनाउनका लागी काउण्टरमा भाडादर लिष्ट राखेका छौँ,’ कुँवरले भने, ‘बढि भाडा लिने गरेको पाईए समितिले कारवाही गर्छ ।’
गलकोट यातयात प्रालिमार्फत अहिले २५ वटा ट्क्यासी सञ्चालनमा छन् । बर्षा याम भएका कारण हाल हटिया देखि खर्वाङ र हटिया देखि बिहुँसम्म मात्र सञ्चालन भईरहेको समितिले जनाएको छ ।













































































































































































































