२७ बैशाख २०८१, बिहीबार

 

मल्ममा पदमार्ग निर्माण गर्न समिति बनाईयो

गलकोट नगरपालिका–७ मल्ममा पर्यटन पदमार्ग निर्माणको विषयमा भेला सम्पन्न भएको छ । भेलाले सप्ताहघाटदेखि बगाले थापा कुल मन्दिर, भल्साङ हुँदै राम्चेढुङगा सम्म पदमार्ग निर्माणको लागि खिम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय पदमार्ग निर्माण समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रत्न बहादुर मल्ल, सचिवमा मिन बहादुर दर्जी, सहसचिवमा रुद्र केसी र कोषाध्यक्षमा टिका साहानी रहेका छन् । सदस्य डिल बहादुर खडका, थुमा थापा, हुम बहादुर बस्नेत, र दुर्गा बहादुर थापा छन् ।

सो अवसरमा दल बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यहरुमा थम्मन थापा सन्देश, टिका बहादुर खडका, केहरसिंह थापा र मिना दर्जी छन् । त्यस्तै दल बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन भएको छ ।

समितिको सदस्यहरुमा घनश्याम थापा र पदमा नेपाली रहेका छन् । भेलामा वडा स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी, बुद्वीजिवी सर्वसाधारणको सहभागिता रहेको थियो ।

सातसय बगाले थापा समाज गलकोट नगरपालिका–७ मल्मको आयोजनामा सम्पन्न भेला समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष ज्ञान बहादुर थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्