४ श्रावण २०८३, सोमबार

 

किन हुन्छ मधुमेह कसरी जोगिने ?

डा. रिनेश सापकोटा जनरल फिजिसियन  

मानव शरीरभित्रको आमाशय र आन्द्राको बीचमा प्याङक्रियाज ग्रन्थिमा गडबड भएर इन्सुलिन हर्मोनको मात्रा कम हुँदा वा उत्पादन नै रोकिए मधुमेह लाग्न सक्छ । मानव शरीरमा भएको रगतमा चिनीको मात्रा बढी देखिनुलाई चिनी रोग पनि भनिन्छ । किन लाग्छ मधुमेह ? कस्ता हुन्छन् लक्षण ? बच्न के  गर्ने ? डा. रिनेश सापकोटा भन्छन् :

यस्ता छन् १० लक्षण

अनियमित तरिकाले पिसाब लागिरहनु ।

अस्वाभाविक रूपमा भोक लाग्नु, तर जति खाए पनि मानव शरीरमा वजन नबढ्नु ।

छिनछिनमा तिर्खा लाग्नु, तर पानी खाए पनि मुख सुक्खा भइरहनु ।

यौन इच्छा घट्दै जानु, शारीरिक सम्पर्क गर्न वेला यौनसाथीसँग झर्कोफर्को गर्नु ।

शरीरमा कुनै कारणले घाउ, चोटपटक लाग्यो भने निको हुन समय लाग्नु ।

शरीरका विभिन्न भागमा अनावश्यक तरिकाले चिलाउनु ।

निरन्तर रूपमा छालामा संक्रमण हुनु ।

आँखाको हेर्ने शक्ति कमजोर हुनु, आँखा धमिलो भएको महसुस हुनु ।


कमजोर हुँदै गएको महसुस हुनु ।

आफूप्रति वितृष्णा जागेर आउनु, रुखो व्यवहार  गर्न थाल्नु ।

१० कारण
घर अथवा मावलीतिरका कसैलाई मधुमेह छ वा थियो भने मधुमेहको वंशानुगत गुण सर्छ ।

विलासी जीवन बिताउने र व्यायाम पटकै नगर्ने मानिसलाई मधुमेह रोगले सताउँछ ।

शरीरलाई आवश्यक पर्नेभन्दा बढी खानेकुरा खायो भने पनि मधुमेह रोगले च्याप्न थाल्छ ।

गुलियो पदार्थ धेरै मन पराउनु र अत्यधिक मात्रामा खानु पनि मधुमेह निम्त्याउने कारण हो ।

अल्छी र खन्चुवा स्वभावको मान्छे र मोटोघाटो मानिसलाई छिटै मधुमेह रोगले भेट्छ ।

गर्भावस्थाको लाइफस्टाइलमा ध्यान नदिए मधुमेह रोगले च्याप्छ ।

चिया, कफी, केकलगायत चिनीबाट बनेका परिकारमा बढी जोड दिने मानिसलाई मधुमेहले सताउँछ ।

कार्बोहाइड्रेडको मात्रा बढी भएका आलुलगायत वस्तु मन पराउने मानिसलाई मधुमेह रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।

मिर्गौला, कलेजो र मुटुरोगका बिरामीलाई उपचारका क्रममा दिइने विभिन्न औषधिका कारण पनि मधुमेह रोग लाग्न सक्छ ।

शरीरमा भिटामिन सीको कमी हुँदा मधुमेह रोग लाग्न सक्छ ।

१० उपाय
विलासी जीवन त्याग्ने, सन्तुलित भोजन तथा आहार सेवन गर्ने ।

 मन र मस्तिष्कलाई सकारात्मक राख्न सकारात्मक सोचको विकास गर्ने ।

नियमित व्यायाम, श्रम तथा योग गर्ने । हरेक बिहान कम्तीमा पनि एक घन्टा हिँडडुल गर्ने ।

 दुई–दुई घन्टाको बीचमा खानपिन गर्ने बानी बसाल्ने, समयमै खाने ।

 शरीरलाई आवश्यक पर्ने भिटामिन सी पर्याप्त मात्रामा सेवन गर्ने ।

 हप्ताको दुईपटक शरीर मालिस गर्ने र सम्भव भएसम्म जिम जाने ।

 ठीक समयमा सुत्ने र ठीक समयमै उठ्ने ।

 अध्यात्मतिर ध्यान दिने, दैनिक जीवनशैली बदल्ने र नियमित रुटिनमा चल्ने ।

 चिनीको मात्रा बढी भएका चिया, कफी, सख्खर, चक्लेट, बिस्कुट, चाउचाउजस्ता खानेकुरामा जोड नगर्ने ।

 मधुमेहको लक्षण देखिए तत्काल तत्काल चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्ने ।

साभार  : नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung