११ कार्तिक २०८३, मंगलवार

 

घुस खुआएको आरोपमा सामसुङका उपाध्यक्ष पाँच बर्ष जेल जाने

दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ।

दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको सोल जिल्ला अदालतले ठहर गरेको हो।सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप थियो। दक्षिण कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार लीले ५० लाख डलर अनियमितता  गरेको अदालतले ठहर गरेको छ।सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय दिनुपर्ने अदालतसमक्ष माग गरेका छन्।लीले आफूले पैसा दिएको स्वीकार गरिसकेका छन् तर त्यसको बदलामा सरकारी लाभ खोजेको आरोप अस्वीकार गर्दै आएका छन्। सामसुङका अरु दुईजना कार्यकारीलाई अदालतले चार/चार वर्षको जेल सजाय सुनाएको छ। उक्त घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति हेमाथि महाभियोग लगाइयो।

साभार : विकास निमार्ण

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung