कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका युवाहरुको तनहु दोस्रो सम्मेलनमार्फत यस्तो आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले पनि राष्ट्रघातका विरुद्धको आन्दोलनलाई धारिलो बनाउन निर्देशन दिए ।

पुनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरेको राष्ट्रघातका विरुद्ध सम्पूर्ण राष्ट्रप्रेमी युवाहरु एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा आस्था, युवा संघका केन्द्रीय महासचिव बाबुराम राई ‘विवस’, नेकपाका तनहु इन्चार्ज पूर्णजीत पुन ‘उभार’,सचिव गोकुल पराजुली, लमजुङ इन्चार्ज निरु थापा र सचिव सन्तोष कोइरालाले सम्वोधन गरेका थिए।

ब्यापक जनताको सहभागीतामा सम्पन्न उद्घाटन समारोहमा चुनु–शिल्पा सांस्कृतिक परिवार गण्डकले गीत नृत्य प्रस्तुत गरेको थियो ।

साभार : जनपाटी