३० बैशाख २०८१, आईतवार

 

सिवाईसीको साधारण सभा, सरकारले नसकेको काम सहकारीले गरेका छन् : सांसद शेरचन

सांसद रत्ना शेरचनले सरकारले पुरा गर्न नसकेका नागरिकका आवश्यकता सहकारी मार्फत पुरा भएको बताएकी छन् । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको आठौं केन्द्रिय वार्षिक साधारण सभामा उनले यस्तो बताईन् । सहकारी संस्थाहरुले सरकार पुग्न नसकेको ग्रामीण ईलाकामा पुगेर स्थानीय पुँजीको परीचालन त्यहाँकै बासिन्दालाई आयआर्जनमा जोडेको बताईन् ।

सहकारीले समाज रुपान्तरणदेखि रोजगारी सिर्जना, शेयर सदस्यको नेतृत्व विकास, महिला शशक्तिकरण, पुँजीको परिचालन जस्ता काम गरि नागरिकको सुख दुःखमा दिएको उनको भनाई छ।

जैमीनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल र नीसीखोला गाउँपालीकाका अध्यक्ष तारानाथ पौडेलले स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आईसकेको अवस्थामा पनि प्राविधिक र कर्मचारीको अभावमा काम प्रभावित भएको बताए ।

उनीहरुले स्थानीय स्तरको आर्थिक विकासमा सहकारीसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका धर्म कुँवर, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, सिवाईसि सहकारीका सल्लाहाकार हरिकृष्ण सुवेदी, बद्रीप्रसाद पैडेल, शकुन्तला शर्मा, युवा विद्यार्थीको तर्फवाट आशिका गौतम लगाएतले साधारण सभा सफलताको शुभकामना दिए ।

सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमारप्रसाद उपाध्याय, विहुँका संयोजक चुडामणी कँडेल, हटियाका संयोजक रामवहादुर के.सी, बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारी, कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजाल र बाटाकाचौरका संयोजक मदनबहादुर कार्कीले आफ्नो सदस्य सेवाकेन्द्रलार्य २०२० सम्मको लक्ष सुनाए ।

सहकारीले यहि भदौ ३ गते संस्थाको सदस्य सेवाकेन्द्र तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ, कुश्मिसेरा र बाटाकाचौरमा क्षेत्रीय साधारण सभा गरेको थियो । भदौ १३ गते बागलुङ बजारमा गरी अहिलेसम्म ७ वटा क्षेत्रीय साधारण सभा भएका छन् । क्षेत्रीय छलफलबाट विभिन्न प्रस्तावहरु अनुमोदन र पारीतका लागि केन्द्रिय साधारण सभामा सिफारीस गरेका थिए ।

ती विषयहरुलाई निर्णयको रुपमा सार्वजानीक गर्दै अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी वित्तीय कारोवार संगसंगै मानविय समवेदनाको प्रतीक बन्नेको धारण राखे । साधारण सभाले ढुंगा, गिटी, इट्टा, टायल, मार्वल, लोड अनलोड जस्ता कार्यहरु गर्ने मजदुरलाई यस आर्थिक वर्षमा ‘श्रमीकसंग सिवाईसी’ कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रमबाट एक सय जना मजदुलरदाई निर्माण व्यवसायीसँगको सहकार्यमा सहकारीमा आवद्ध गराई बचत गर्ने वानीको थालनी गरिएको सहकारीले जनाएको छ । यसले उनीहरुको जीवनस्तर सुधार गर्ने संकल्प प्रस्ताव समेत पारीत गरिएको छ ।

साधारण सभाका अवसरमा संस्थाको शेयर पुँजी र शेयर सदस्य संख्याको अनुपातमा बचत रकम कम भएकाले अवको ३ वर्षमा ७ हजार खुत्रुके वितरण गर्ने रणनीतीका साथ १२ जना बाल बचतकर्ताहरुका लागि खुत्रुके वितरण गरेको छ । साथै सदस्य बनेका २४ जना नयाँ शेयर सदस्यलाई साधारण सभाका अवसरमा स्वागत तथा सम्मान गरेको थियो ।

साधारण सभाले बर्षासँगै आएको वाढि, पहिरो र डुवानमा परी ज्यान गुमाएको लागी श्रदाञ्जली प्रश्ताब पारित गरेको छ ।

सोकाकुल परिवारजनप्रति धर्यधारणको आग्रह सहित समवेदना व्यक्त गरेको छ । प्रभावितलाई तत्काल राहत र पुनस्र्थापनका लागि नेपाल सरकार तथा सरोकार भएका पक्षलाई आग्रह गर्ने प्रश्तावि परित गरेको छ ।

संसदमा टेबुल भएको सहकारी ऐन तत्काल पारीत गर्न सरकारसंग अनुरोध गर्ने निर्णय भएको छ ।

पछिल्लो समय विकास भएका विभिन्न उदेश्य र प्रकृतिका सहकारीलाई एउटै ऐनले नियमनन गर्न नसक्ने भएकाले बचत तथा ऋण सहकारी तथा संघको लागि छुट्टै वित्तिय ऐन बनाउन नेपाल सरकारसँग माग गर्ने समसामयिक प्रश्ताव पनि परित गरिएको छ ।

अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष गितादेवी रेग्मी स्वागत तथा सचिव रामवहादुर केसी र सेवाकेन्द्र बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्