२९ बैशाख २०८१, शनिबार

 

आदर्शको साधारण सभा, ‘राजधानीका ठुला मिडियाको लगानी पारदर्शी छैन’ : खतिवडा

नेपाल राष्ट्रबैंकका पुर्ब गर्भरनर डाक्टर युवराज खतिवडाले राजधानीका ठूला मिडियामा भएको लगानी अपारदर्शी भएको भएको बताएका छन् । उनले त्यसलाई सहकारी मार्फत चलाउन जरुरी रहेको बताए ।

‘दीगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ भएको आदर्श सन्चार सहकारी बागलुङको ११ औँ बार्षिक साधारण सभा मा उनले यस्तो बताएका हुन् ।

‘साँच्चै ठुला मिडियामा क–कस्को के–कति लगानी छ ? भन्ने कुरा नै थाहा छैन,’ खतिवडाले भने, ‘त्यसलाई पारदर्शी र जवाफदेहि बनाउनपनि सहकारी मातहत ल्याउनु जरुरी छ ।’

उले सधैं अरूको हिसाब किताब खोज्ने मिडियाको आर्थिक पारदर्शिता चाहिनेमा जोड दिए । अर्थतन्त्रको आधारका लागि सामाजिक र आर्थिक परिवर्तन भयो कि भएन भन्ने कुरा प्रमुख रूपमा हेर्नुपर्ने उनको धारणा थियो ।

नागरिक स्वतन्त्र हुन भन्ने सिद्धान्त भए पनि नागरिक आर्थिक रूपमा आत्मनिर्भर नभएकाले आफ्नो अधिकार कुन्ठित भएको खतिवडाले बताए । आर्थिक रूपमा बलियो नभएसम्म सबै कुरामा नागरिक पछाडि पर्ने उनको भनाई छ ।

खतिवडाका अनुसार सहकारीले हुने खाने र हुँदा खानेको बिचको खाडल पुर्ने काम गन भन्दै सहि रूपमा अगाडि बढाउन जरुरी छ ।

नेपालमा खुलेका कतिपय सहकारीले आफ्नो दायित्व र उदेश्य बिपरित काम गर्नेे गरेको भन्दै त्यसले सहकारीप्रतिको विश्वास घटाएको उनले तर्क गरे । ‘जुन सिद्धान्त अनुसार चल्नुपर्ने हो, त्यो अनुसार नचलेका सहकारी पनि छन्,’ खतिवडाले अगाडी भने, ‘अब बन्ने नयाँ ऐनले यस्ता समस्यालाई कडाई गर्नुपछ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक केबि उप्रेती, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सहकारीका संस्थापक अध्यक्ष मनकुमारी जिसि लगायतले मन्तव्य राखे ।

कार्यक्रममा सहकारीसंग राम्रो कारोबार गर्ने शेयर सदस्य लाई पुरस्कृत गरिएको थियो । पत्रकार सन्तोष क्षेत्री र सृजना पन्त दम्पत्तिले स्थापना गरेको सृजनशिल पत्रकारिता पुरस्कारबाट म्याग्दीका पत्रकार सन्तोष गौतमलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रम दुरवेशन बिरूद्व आमा अभियानमा सहयोग गरे बापत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चन्द्र कुबिर खापुङ, र सहकारीले प्रकाशन गर्ने धौलागिरी जागरण दैनिकमा नियमित स्तम्भ लेखेकोमा देबबहादुर श्रेष्ठलाई सम्मान गरेको थियो ।

साधारणसभामा प्रगति प्रतिबेदन सचिब प्रेम लामीछाने र आर्थिक प्रतिबेदन कोषाध्यक्ष अनन्त खड्काले प्रस्तुत गरे । स्वागत उपाध्यक्ष अन्जु जिसि र संचालन सहकारीका प्रबन्धक तथा सम्पादक रामबहादुर जिसिले गरेका थिए । १ हजार १ सय दस जना शेयर सदस्य रहेको सहकारीको २ करोड ५० लाख शेयर पुजी रहेको छ ।

१० करोड ८२ लाख ५६ हजार लगानी गरेको सहकारीले आर्थिक बर्षमा ८ लाख ९८ हजार ९ सय ३६ खुद नाफा गरेको प्रतिबेदनमा भनिएको छ ।
धौलागिरि अन्चलकै पहिलो संचार सहकारी संस्था आदर्श संचारले दैनिक र साप्ताहिक पत्रिका प्रकाशन गर्नुका साथै धौलागिरि टेलिभिजनमा समेत शेयर लगानि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्