८ कार्तिक २०८३, शनिबार

 

नैतिक दवाबका लागि भ्रष्टाचार विरुद्ध गरियो हस्ताक्षर

रसुवामा विभिन्न संघ संस्थाले भ्रष्टाचार विरुद्धको अभियानमा हस्ताक्षर संकलन गरेका छन् । यसरी संकलन गरिएको हस्ताक्षर सवै सरकारी कार्यालय परिसरमा राखिने सामुदायिक विकास केन्द्र नेपाल रसुवाका कार्यक्रम अधिकृत सन्तोष श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रसाशन कार्यालय रसुवा, सामुदायिक विकास केन्द्र, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज, पत्रकार महासंघ जिल्ला शाखा र नागरिक समाजले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् । भ्रष्टाचार विरुद्ध नैतिक दवाव सृजना गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

सुशासन प्रवद्र्धन गर्न जिल्ला प्रसाशन कार्यालय रसुवाको अगुवाईमा कार्यक्रम भएको हो । अभियानका क्रममा जिल्ला स्तरका कार्यालय प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung