२१ बैशाख २०८१, शुक्रबार

 

यस कारण बनेका थिए लादेन अमेरिका विरोधी

- 9/11 विशेष

ओसामा बिन लादेन कुनै वेला अमेरिकाका सहयोगी थिए , उनको अमेरिकी खुफिया एजन्सी सीआईसँग गहिरो सम्बन्ध थियो । सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा सैनिक हस्तक्षेप गरेपछि अफगानस्तान झन् भयानक गृहयुद्धको दुस्तक्रमा फस्यो । सोभियत संघले आफेनो समर्थक सरकारको स्थापना ग¥यो । सोभियत हस्तक्षेप सरकारविरुद्धमा मुजाहिद्दीनले काडा संघर्ष छडे । मुजाहिद्दीनलाई सीआईएले आर्थिक हतियार । विस्फोटक पदार्थ (गोला , बम वारुद ) र तालिमको सहयोग ग¥यो ।

त्यतिवेलाका मुजाहिद्दीनको एउटा अंश थिए । ओसामा बिन र अलकायदा । अफगानिस्तानमा सोभियत संघो प्रन्यक्ष हस्तक्षेप देखेपछि ओसामा बिन लादेन मुजाहिद्दीनलाई सहयोग गर्न पाकिस्तान आएका थिए । सन् १९५७ मा जन्मेका लादेन मोहम्मद बिन लादेनका ५२ सन्तानमध्य १७ नम्बरका सन्तान थिए । निर्माण व्यवसायी मोहम्मदले साउदी अरबको ८० प्रतिशत सडक निर्माण गरेका थिए । सन् १९७८ मा मोहम्मद हेलिकोप्टर दुर्घटनामा मारिएपश्चात् ओसामा बिन लादेन अबौ सम्पत्तिका मालिक बने । लादेन सोभियत संघविरुद्ध लडिरहेका लडाकुलाई आर्थिक सहयोग जुटाउन थाले ।

पाकिस्तानका व्यापारी उच्च घरानासँग र पाकिस्तानको खुफिया एजेन्सी आईएसआईबाट सहयोग जुटाएर मुजाहिद्दीन लडाकुलाई सहयोग गर्न थाले । अलकायद स्थापनाको उद्देश्य नै तत्कालीन सोभियत संघको हस्तक्षेपविरुद्ध लडिरहेका लडाकुलाई वित्तिय सहयोग , लाडाकु भर्ना एक स्थानबाट अर्काे स्थानमा पु¥याउनु र तालिम दिनु थियो । पाकिस्तानबाट लादेन अफगानतर्फ लागे । साउदी अरबस्थित राजा अब्दुल्लाह अजिज विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ पढ्दै गर्दा लादेन क¤रपन्थी समुहको सम्पर्कमा पुगेका थिए ।

धार्मिक तथा शैक्षिक बहस र छलफलमा उनी पश्चिम संस्कार र धर्म इसाईको विरोध गर्ने गर्थे । सोभियत संघले अफगानिस्तानमा हस्ताक्षेप गरेपछि उनी सोभियत सघंविरोधि भए र सीआईएको सम्पर्कमा पुगे ,त्यसपछि लादेनको जीवनले नयाँ मोड लियो । उनी अफगानिस्तानमा एक दसकसम्म कम्युनिस्टविरोधि अभियानमा रहे । मुजाहिद्दीनको विजय अभियानमा लादेनले एउटा प्रमुख भुभिका निर्वाह गरेका थिए । त्यतिबेला अमेरिकी गुप्तचर संस्था सीआईएले लादेनसहितका मुजाहिद्दीनको तालिम र हतियार उपलब्ध गरायो । तर सोभियत संघको पराजयपछि मुजाहिद्दीनको विश्वभरि बृहत् इस्लाम शासन स्थापना गर्ने कुरा पुरा हुन सकेन ।

सोभियत संघविरुद्धको युद्धमा विजय पाएपछि लादेनको विचारमा ठुलो परिवर्तन भयो । सन् १९९१ को खाडि युद्धपछि इस्लामका दुई प्रमुख धार्मिक स्थल भएको साउदी अरबमा महिला सैनिकसहितको तीन लाख अमेरिकी सेनाको सैन्य अखडा स्थापना भयो । त्यसबाट उनको घृणा मस्कोबाट वासिङ्टनतर्फ मोडियो । लादेनले यसलाई ईश्वरको निन्दाका रुपमा विश्लेषण गरेका थिए । उनले यसमा संलग्नलाई दण्डित गर्ने अभियान सुरु गरे । बिन लादेनले आफ्ना मुजाहिद्दीन दाजुभाइसँग मिलेर सिकेको युद्धको कला र उत्पेरणलाई मध्यपुर्वमा अमेरिकाविरोधि गतिविधि सञ्चालन गर्न प्रयोग गरे । त्यसपछि उनी सुडानमा बस्न थाले । लादेन सन् १९९६ जनवरीमा अफगानिस्तान पुगेका थिए । त्यसबेला अफगानिस्तान धेरै इस्लामिक समुहको अराजकताको केन्द्र वनिसकेको थियो ।

लादेन अफगान पुगेको नौ महिनापछि क¤रपन्थी तालिवानले राजधानी काबुलमाथि कब्जा गरेको थियो । भौगोलिक रुपमा लादेन सानो क्षेत्रमा सीमित भए पनि विश्वभरि भएको लगानी र व्यापारबाट राम्रो आम्दानी गर्न सफल भए । आफुले आर्जन गरेको नाफलाई उनले विभिन्न लडाकु समुहलाई अलकायदाको सञ्जालसँग जोड्ने काममा प्रयोग गरेका थिए । सन् १९९८ फेबु्रअरीमा लादेन फतवा जारी गरे ,अमेरिका र अमेरिकीविरुद्ध कारबाही गर्नु मुसलमानको जिम्मेवारी थियो । लादेनले एउटा अन्तर्वार्तामा भनेको थिए , म अमेरिकालाई नै मार्छु किनभने उनीहरु हामीलाई मार्छन् । हामी अमेरिकीमााथि हमला गर्दा अरुलाई क्षति पु¥याउँदैनौँ । लादेन र अलकायदाले अमेरिका सीआईए र अमेरिकीलाई लक्षित गरि कारबाही तथा हमला सुरु ग¥यो ।

सन् १९९३ मा लादेनले अमेरिकाको न्यूयोर्कस्थिति विश्वव्यापार संगठनमा विस्फोट गराए । जुन विस्फोटमा ६ जना नागरिकको मृत्यु भयो । १ हजारभन्दा बढी घाइते भए । फेरि सन् १९९३ मै सोमालियामा अलयमायदाका लडाकुमार्फत ठुला र खतरायुक्त कारबाही अमेरिकाविरुद्ध लक्षित गर्न थाले । सीआईएले पनि लादेन र अलकायदाविरुद्ध गतितिधि अघि बढायो । सन् १९९६ मा लादेनले सुडान छाडेर अफगानिस्तान प्रस्थान गरे । उनले फेरि एउटा डरलाग्दो र अमेरिकालाई तर्साउनेखालको कारवाही गरे । सन् १९९६ मा लादेनले साउदी अरबस्थित अमेरिकी सैनिक अखडा नै आक्रमण गरे । जसमा १९ अमेरिकी सेनिकको मृत्यु भयो । लादेन अमेरिकाविरुद्ध झन् आक्रामक बन्दै गए ।

सन् १९९८ मा उनले इसाई धर्मविरुद्ध युद्ध को घोषणा नै गरे । सन् १९९८ मा बंगलादेश , इजिप्ट , पाकिस्तानका चार समुहसँग मिलेर अलकायदाले यहुदी र इसाईविरुद्ध लड्ने घोषणा गर्दै विश्वमञ्च नै गठन ग¥यो । आफ्नो प्रपोगान्डालाई काममा परिवर्तन गर्न लादेनले सन् १९९८ मा केन्या र तान्जानियामा अमेरिकी दुतावासर्ला लक्षित गर्दै बम विस्फोट गराए । जुन बम हमला अलकायदाद्धारा विगतमा गरिएका आक्रमणभन्दा भयानक र डरलाग्दो थियो । बम विस्फोटमा २ सयभन्दा बढि अमेरिकि नागरिक मारिए भने ५ हजारभन्दा बढि घाईते भएका थिए । अमेरिकाले सो आक्रमणमा ओसामा विन लादेन र उनका १६ सहयोगिको हात रहेको बतायो । फेरि लादेनको योजना र निर्देशनमा सन् २००० मा यमनस्थित अमेरिकी युद्धपोतमा आक्रमण भयो । जसमा ९७ अमेरिकी सैनिकको मृत्यु भयो । सयौं घाइते भए ।

लादेनको अमेरिकाप्रति घृणा र आक्रोशले ११ सेप्टेम्बर २००१ को आतंकवादी हमलालाई नै निम्त्यायो । अलकायदाको ९९ लडाकुले लादेनको योजनामै चार विमान अपहरण गरेर अमेरिकाको न्युयोर्कस्थित विश्व केन्द्र वासिङटनस्थित रक्षामन्त्रालय (पेन्टागन) मा आक्रमण गरेर विश्वलाई नै चकित पारिदिए । जसमध्ये एउटा विमान पेन्सिमोनियामा दुर्घटनाग्रस्त भएको थियो । सो त्रासदीपुर्ण र डरलाग्दो आक्रमणपश्चात पनि ओसमा बिन लादेन र अलकायदाको अमेरिकाप्रतिको आक्रोश मत्थर भएन । सन् २००२ को अक्टोबरमा ओसामा बिन लादेनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई एक पत्र पठाउँदै परस्त्रीगमन , समलैंगिकता मादक पदार्थ, जुवा र चर्को ब्याजजस्ता अनैतिक गतिविधिको आरोपलाई फिर्ता लिन चेतावनी दिएका थिए ।

साउदी अरबका राजा र राजकुमारले अमेरिकी सेनालाई साउदीको जमिनमा आउन आमन्त्रण गरेपछि ओसामा बिन लादेन अमेरिकाविरोधी बनेका थिए । मध्यपुर्वमा अमेरिकी सेनाको उपस्थितिबाट दुःखी बनेका लादेनले सन् १९९८ मा अमेरिकाविरुद्ध युद्धको घोषणा गरेका थिए । उनी मुल्लाह ओमार तालिवान शासनअन्तर्गतको अफगानिस्तानलाई मुस्लिम जगत्को एकमात्र मुस्लिम राष्ट्र ठान्थे । संयुक्त राज्य अमेरिका र अन्य गैरमुस्लिम देशले मुस्लिममाथि लादेनको अन्यायलाई ठीक पार्न हिंसात्मक युद्ध (जेहाद) नै उपयुक्त ठान्थे ।

उनको उद्येश्य इजरायलको अस्तित्व मेट्नुपर्ने र अमेरिकालाई मध्यपुर्वबाट लखेट्नुपर्ने नै थियो । हिसात्मक –ध्वंसात्मक युद्ध (जेहाद) सञ्चालन गरेका कारण लादेनले साउदी नागरिकतामात्र गुमाएनन्, परिवारबाट समेत बहिष्कृत भए । सन् १९९८ मा अमेरिकी दुतावासमा गरेको आक्रमणका कारण उनी अमेरिकाको मोष्ट वान्टेड को सुचीमा परे । ओसामा बिन लादेन र अलकायदाको दीर्घकालीन उद्येश्य पृथ्वीमा अल्लाह (ईश्वर) को शासन स्थापना गर्ने, अल्लाहका निम्ति शहादत प्राप्त गर्ने, इस्लामभित्रका भ्रष्ट तत्वलाई सखाप पारेर सबै समुदायलाई शुद्ध पार्नेलगायतका थिए ।

ओसामाविन लादेन पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्